खेलकुदसमाचारसमाज

पोखरा प्रथम राष्ट्रिय स्नुकर प्रतियोगिता २०७९ हुने

कपिल पौडेल, पोखरा ।राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने उदेश्यका साथ प्रथम राष्ट्रिय स्नुकर प्रतियोगिता २०७९ हुने भएको छ । पोखरालाई खेलकुद पर्यटनको राजधानिको रुपमा विकसित गराउने उदेश्यका साथ सन्चालन हुने प्रतियोगिता भाद« १२ देखि १९ गतेसम्म पोखरा ८ न्युरोड मा रहेको डेभिज् स्नुकर क्लबमा सन्चालन हुने छ ।प्रतियोगितामा प्रथम हुनेले नगद र१,५१,१११ ,दितिय हुनेले रु ७१,१११, सेमिफाइनलिस्ट दुइ जनाले रु १५,१११ र हाइजेस्ट ब्रेकरले रु २१,१११ र शिल्ड, मेडल र प्रमाणपत्र पा्रप्त गर्नेछन् ।प्रतियोगिताले पोखरामा आधुनिक विलियार्ड, स्नुकर खेल स्थल व्यवस्थित गर्ने, नयां प्रतिभाशालि खेलाडिहरु उत्पादन गर्ने, भु.पु. राष्ट्रिय खेलाडिहरुको सहभागितामा खेलको विकास गर्ने लगायतको उदेश्य राखेको छ ।