समाचारसमाजसेयर मार्केट

अभियान लघुवित्तको आईपीओ बाँडफाँट, ९१ हजार ३७५ ले पाए १० कित्ता

नेपाल अखबार, काठमाडौं ।अभियान लघुवित्त वित्तीय संस्थाको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कानस (आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहिान आईपीओ बाँडफाँट गरेको हो ।लघुवित्तले १८ साउनदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण निष्कासन गरेको थियो। जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।