राजनीतिसमाचारसमाजहाइलाइट-समाचार

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

नेपाल अखबार, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे पोखरा आइपुग्ने छिन् ।पोखरा झरेलगत्तै भण्डारी पोखरा ग्राण्डमा लन्चका लागि पुग्नेछिन् । आज उनी ग्राण्डमै बस्ने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।