
रबि तिम्सिना पोखरा ।विगत १५ दिन देखि पोखरा ९ नयांवजार स्थित सिद्द टोलमा खानेपानि अभाव भएको छ । स्थानिय वासिका अनुसार यस क्षेत्रमा पानि नआउदा दैनिक जनजिवन समेत प्रभावित र कष्टकर बन्दै गएको छ । स्थानिय वासिका अनुसार विगतमा समेत यस स्थानमा पटक पटक खानेपानि समस्या आउने गरेको भएपनि सम्बन्धित निकायले ध्यान नदिदा समस्या बढ्दै गएको छ । पोखरा महानगरका मेयर धनराज आचार्य को गृह वडा समेत रहेको यस क्षेत्र पोखराको मुख्य व्यापारिक केन्द्र भयरपनि पटक पटक खानेपानिको अभाव झेल्नुपरेको भन्दै स्थानियले आक्रोश व्यक्त गरेका छन् ।

