Thursday, August 20

प्रेस सेन्टरका पदाधिकारीलाई सम्मान

श्रीभद्र पौडेल, पोखरा।गण्डकी प्रदेशबाट निर्वाचित प्रेस सेन्टरका केन्द्रीय पदाधिकारीलाई सेन्टर जिल्ला शाखा कास्कीले आज सम्मान गरेको छ।

Advertisement

शाखाले चौथो महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित त्रिभुवन पौडेल, उपमहासचिव दिपक जलन, सचिवद्वय माधव पनेरु र दिपक भट्टराई, नीति योजना तर्जुमा समिति सदस्य विभू भुषाल लगायतलाई एक कार्यक्रमका बीच बधाई दिर्दै सम्मान गरेको हो।

Advertisement
Advertisement

कार्यक्रममा धारणा राख्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रेस सेन्टरलाई अझै क्रान्तिकारी पत्रकार सस्थाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

Advertisement

मन्त्री बरालले सम्मान गर्ने संस्कारको सुरुवात गरेकोमा जिल्ला शाखा प्रति आभार प्रकट गर्दै समुन्नत राष्ट्र निर्माणमा पत्रकारको भूमिका अहम् रहने गरेको औँल्याउनुभयो।

अग्रज पत्रकार कोमलनाथ बरालले पत्रकारले समाजलाई अग्रगामि दिशातर्फ लैजान भूमिका निर्वाह गर्नुपर्ने भन्दै मिसन पत्रकारितामा जोड दिनुभयो।उहाँले विगतमा पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकलाई पुनः जीवन दिई पुनः प्रकाशन गर्नुपर्नेमा जोड समेत दिनुभयो ।

त्यस अवसरमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, पार्टी केन्द्रीय सदस्य तेजकुमारी पौडेल, राष्ट्रिय भूमि आयोग कास्की अध्यक्ष गंगा पोखरेल, पार्टी महानगर सचिव जनकराज पराजुली, सम्मानित त्रिभुवन पौडेल, दिपक जलन, माधव पनेरु, पत्रकार महासंघ कास्कीका कार्यबहाक अध्यक्ष रामप्रसाद तिमिल्सीना, प्रेस युनियन कास्कीका कार्यवहाक सभापति रविना आले लगायतले पनि धारणा राख्नुभयो।

उहाँहरुले पत्रकारले सामाजिक न्यायको पक्षमा कलम चलाउनुपर्ने, पित पत्रकारिता तोड्नुपर्ने, पत्रकार राजनीतिक दलको तथा कार्यकर्ताको भ¥याङ बन्न नहुने, पत्रकारिता मार्फत समाजवादका मुद्धा जनतामाँझ लैजानुपर्ने लगायतका सुझाव राख्नुभयो ।

शाखा अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम शाखा सचिव पुष्प दाहालले संचालन गर्नुभयो ।