समाचारस्वास्थ्यहाइलाइट-समाचार

एकीकृत समाजवादीका अध्यक्ष नेपाल कोभिड मुक्त

Nepal Akhabar

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोभिड मुक्त हुनुभएको छ । मङ्गलबारको पिसिआर  रिपोर्ट नेगेटिभ देखिएपछि उहाँ कोभिड मुक्त हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।  नेपाल केही समय कोटेश्वरस्थित घरमै आराम गर्ने समेत बताइएको छ ।

सामान्य ज्वरो देखिएपछि साउन २५ गते उहाँको पिसिआर परीक्षण गरिएको थियो । रिपोर्ट पोजिटिभ आएलगत्तै उहाँ स्वास्थ्य सतर्कता अपनाउँदै घरमै बस्नुभएको थियो ।

the authoradmin