समाचारस्वास्थ्य

पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं । पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ जनामा परीक्षण गर्दा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु संख्या भने शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमित ५ हजार २४ जना रहेका छन् ।

the authoradmin