समाचार

पत्रकार महासंघ कास्कीको तीजविशेष कार्यक्रम

नेपाल अखबार, पोखरा । नेपालपत्रकार महासंघ कास्कीले तीजविशेष कार्यक्रम गरेको छ । महासंघ कास्कीले हरितालिकातीजको अवसरमाकास्कीमाक्रियाशीलपत्रकार महिलाबीचशुभकामनाआदानप्रदानगर्दै दर खुवाउने कार्यक्रमआयोजना गरेको हो ।
कार्यक्रममा स्वास्थ्यतथा जनसंख्यामन्त्रीमधुमायाअधिकारी गुरुङले सञ्चार क्षेत्रमामहिलाको सहभागिता भएपछि महिलाको मुद्दा बाहिर ल्याउन सहजहुने बताइन् । सरकारले महिलाको लागिकोटा निर्धारण गरे पनिभनेजतिअझै सहभागिता नरहेकाले महिलापत्रकारलाई यस्ता विषयमाकलमचलाउन सुझावदिइन् ।स्वास्थ्य क्षेत्रमामहिलाहरु पछि परेकाकारण प्रदेश सरकारले महिलाको स्वास्थ्य सुरक्षाकालागिविविधकार्यक्रमल्याएको उनको भनाइथियो । प्रदेशले पाठेघरको क्यान्सर भएकालाई निशुल्कउपचारदेखि सहिद, अपांग र बेपत्ताका परिवारलाई निशुल्कउपचारको प्रबन्धमिलाएको उनले जानकारी दिइन् ।पत्रकारकालागिकोरोना विरुद्धको खोप र स्वास्थ्यबिमाकालागिमन्त्रालयको समन्वयमागरेको उनको भनाई थियो ।
पत्रकार महासंघ कास्कीकार्यावाहकअध्यक्ष रामप्रसादतिमिल्सिना सबैलाई तीजको शुभकामनाव्यक्तगर्दै महासंघले संस्कार र संस्कृतिजगेर्ना गर्दै विभिन्नकार्यक्रमगर्दै आएकाले नारीहरुको शक्तिको प्रतीकका रुपमाकार्यक्रमआयोजनागरिएको बताए ।
कार्यक्रम संयोजकतथा संघकी उपाध्यक्षजमुना वर्षा शर्माले चाडपर्वको अवसरमा बाँडिएको शुभकामनाले सबै दिदीबहिनीहरुमाकमलचलाउने आँट साहस बटुल्न आग्रहगरिन् । सञ्चार क्षेत्रमाभएको दमन र सामाजिक हिंसाविरुद्ध सधैं डटेर लाग्नउनको सुझावथियो । प्रेस काउन्सिलकी सदस्यदुर्गा भण्डारीले महिलापत्रकारहरु अझै मिडिया क्षेत्रमाखुलेर लाग्ननसकेको बताइन् । आफ्नो हकअधिकारकालागिपनिमहिलाहरु यस क्षेत्रमालाग्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममानेपालपत्रकार महासंघ कास्कीकापूर्व अध्यक्ष रविन्द्र बास्तोला, नेपालपत्रकार महासंघ गण्डकीका सचिवयदुनाथबञ्जरा, सञ्चारिक समुह, गण्डकी अध्यक्षकविताश्रेष्ठ लगायतले शुभकामनादिएकाथिए ।

the authoradmin