समाचार

कर्णाली र म्याग्दीमा पहिरोका कारण सडक अवरुद्ध

Nepal Akhabar

नेपालअखबार, कर्णाली। कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–५ धनाडामा पहिरो खसेका कारण सवारी साधन प्रभावित भएका छन् । पहिरोका कारण मुगु जुम्ला चल्ने सवारी साधन आइतबार बिहान सवा ८ बजदेखि  प्रभावित भएका हुन् ।

बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । यस्तै म्याग्दीको रघुगंगा नगरपालिका–२ बैशरीमा पहिरो खसेका कारण बेनी जोमसोम सडक खण्ड अवरुद्ध भएको छ ।

आइतबार बिहान पौने १२ बजेदेखि पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो खसिरहेका कारण तत्काल हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

 

the authoradmin