
नेपालअखबार, धनगढी। कञ्चनपुरमा हात्ती धपाउन खोज्दा एक जनाको मृत्यु भएको छ।
गाउँ पसेको हात्ती धपाउन खोज्दा सोमबार बेलुकी शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ सिमलफाँटाकी २२ वर्षीया मीना जोशीको मृत्यु भएको हो।
हात्तीका बथान गाउँ पसेपछि उनी धपाउन गएकी थिइन्। हात्तीको आक्रमणबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले हात्तीका बथान धपाउन खोज्दा एक जनाको मृत्यु भएको बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

