
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरको कार्यभार सम्हालेको आज एकसय दिन पुुरा भएको छ । सोही सन्दर्भमा मेयर आचार्यले सयदिनमा गरिएका सय कामको फेहरिस्त सार्वजनिक गरेका छन् ।
मेयरमा निर्वाचित भएको दिन आचार्यले घोषणा गरेअनुसार पोखरालाई फुुलैफुुलको शहर बनाउन डिभाइडरमा फुल रोप्नेदेखि पोखरा आसपासका अग्ला डाँडाहरुमा लालिगुराँस र समथर भागमा लालुपाते रोपणको सुरुवात भएको बताए । मेयर आचार्यको अनुसार पोखरा महानगरका भित्रका स्थानीयहरुको क्षमता अभिवृद्धि गर्न तालिम देखि महागनरमा विभिन्न शीर्षकहरुमा अनुदान समेत वितरण गरिएको छ ।
महानगरले स्थानीयले गाउँमा नै स्वरोजगार बनाउन घाँस उत्पादनदेखि व्यावसायिक बाख्रापालन र कृषिमा अनुदान वितरण गरेको छ । आफुु मेयरमा निर्वाचित भएपछि पहिलो पटक पोखराम ‘महानगर मेट्रो सम्मेलन’ समेत सम्पन्न गरेको उनले जनाए ।
महानगरले वडा १८, ३३, ७, ६ र २५ मा अतिक्रमण गरेको सार्वजनिक जग्गा तथा घर टहरा हटाएर खाली गरी संरक्षण गरिएको र पोखराको न्युरोडस्थित विवादमा रहेका जग्गा अदालती फैसलाबाट स्वामित्वमा ल्याएको उल्लेख गरे । ‘पोखरामा सार्वजनिक जग्गा तथा घर टहरा खाली गरी संरक्षण र विवाद रहेको जग्गा महानगरको पक्षमा अदालतले फैसला गरेकाले त्यसको संरक्षणमा महानगरको लागेको छ’ मेयर आचार्यले भने ।
ल्याण्डफिल समाधानमा धरानदेखि दिल्लीसम्म
पोखरा महानगरले ल्याण्डफिल्ड साइटको समाधान खोज्न धरानदेखि भारतको दिल्लीसम्म भ्रमण गरेको छ ।
मेयर आचार्यले सार्वजनिक गरेको एकसय दिनको काममा अत्यन्तै चुुनौतीको रुपमा रहेको पोखराको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न अवलोकन भ्रमणमा निस्किएको बताए ।
धरानमा संचालनमा रहेको ग्याँस र मल उत्पादन गरिएको वेष्ट टुु इनर्जिको भ्रमण गरि पोखराको फोहोर व्यवस्थापन गर्न आफुुहरुको ध्यान केन्द्रित भएको बताए । धरानमा फोहोरलाई मोहरमा परिवर्तन गरेकाले फोहोरलाई बोझकारुपमा नलिइएको र पोखराको फोहोरलाई ग्याँस मल उत्पादनमा ध्यान केन्द्रित गरेको मेयर आचार्यको भनाई छ ।
उनले फोहोर व्यवस्थापन गर्न भारतको राजधानी दिल्लीमा ल्याण्डफिल्ड साइटको समेत आवश्यक नपर्ने गरी फोहोर मैला सम्बन्धी परियोजनाहरुको अध्ययन तथा अवलोकन गरेको जानकारी दिए । मेयर आचार्यका अनुसार दिल्लीमा फोहोरबाट बिजुली निकालिएको भन्दै आफुुहरुले धरान वा दिल्लीको कहाँको व्यवस्थापन प्रयोग गर्ने भन्ने अध्ययन गरिरहेको उल्लेख गरे ।
महानगरको मातृशिशुु होस्टल संचालन
पोखरा महागनरले मातृशिशुु होस्टल संचालनमा ल्याएको छ ।
महानगरले मातृ मृत्युु तथा नवजात शिशुु मृत्युुबाट बचाउन गर्भवती तथा सुुत्केरी महिलाहरुका लागि ५० बेडको विश्रामस्थल (होस्टल) संचालनको प्रक्रियाको शुुभारम्भ गरिएको मेयर धनराज आचार्यले बताए ।
उनले भने ‘बच्चा जन्मेको २८ दिन भित्र नवजात शिशुुको मृत्युु हुुने सम्भावना भएकाले महानगरले ५० बेडको विश्रामस्थल (होस्टल) संचालन गरिएको हो ।’

