राजनीतिसमाचार

धनुषामा उम्मेदवार सिफारिसको विवादले कांग्रेस कार्यकर्ताबीच कुटाकुट

नेपाल अखबार, जनकपुर । उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएपछि उम्मेदवार सिफारिस हुन सकेन ।

उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो । पौडेल पक्षका नेता रामकृष्ण यादवले देउवा पक्षका मुक्ता यादवको नाम प्रत्यक्षतर्फ सिफारिस गर्न नचाहेको भन्ने विषयमा विवाद भएको थियो । विवाद बढ्दै गएपछि दुबै पक्षका कार्यकर्ताहरुबीच कुटाकुट भएको धनुषा कांग्रेसका एक नेताले बताए ।सामाजिक सन्जालमा सेयर गरिएको झडपको एक भिडियोमा कार्यकर्ताहरुले एकअर्कामाथि लाठी, छाता र मुक्का प्रहार गरेको देखिन्छ ।

the authoradmin