Friday, April 24

नारीशक्ति जागरण आमा समुहमा प्यारी गुरुङ

हरि बाँस्तोला, पोखरा । नारीशक्ति जागरण आमा समुह पोखरा १७ आँखा अस्पतालचोकको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले प्यारी गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
दुई बर्षे कार्यकाल रहेको सो समुहको उपाध्यक्षमा राधादेवी पौडेल लम्साल,सचिवमा पूर्णकला पोखरेल, कोषाध्यक्षमा सरास्वती नेपाल सुवेदी, सहसचिव मञ्जु के.सी, सहकोषाध्यक्षमा हरिकमला के.सी. चयन हुनुभएको हो ।
समुहको सदस्यहरुमा सिता पौडेल क्षेत्री, डीलमाया कार्की, दुर्गाकुमारी शर्मा, सुजिता पराजुली, कल्पना गोदार, पुष्पलक्ष्मी महर्जन, ज्योति शेरचन, आशा सेवा परिवार र अप्सरा गोदार रहनु भएको छ । अधिवेशनले कार्यसम्पादनका लागि बिभिन्न पाँच उपसमिति समेत गठन गर्ने निर्णय गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले आमा समुहमार्पmत नेतृत्व विकास गर्दै उद्यमशिलतासंग जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो ।
गैरसरकारी संस्था महासंघ (गैसस) नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले संवैधानिक व्यवस्थाले प्रदत्त अधिकारको उपयोग गर्न आमाहरु संगठित भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।।
समुहका अध्यक्ष शिशिर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार हरि बास्तोला, समाजसेवी लिलबहादुर जिसी, छहारी टोलविकास संस्थाका अध्यक्ष दिपक गोदारले आमा समुहले सभ्य समाज निर्माणमा अतुलनिय भूमिका खेल्दै आएको धारणा राख्नुभयो ।
समुहका सचिव राधादेवी पौडेल लम्सालले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सरास्वती नेपाल सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा उपाध्यक्ष प्यारी गुरुङले स्वागत र र्नुभएको थियो ।

Advertisement