समाचारसमाजस्वास्थ्य

डेगुं रोग विरुद्ध नागरिक परोपकार समन्वय संस्था कास्कीको सचेतना अभियान सम्पन्न

शिबराज सुबेदि,पोखरा । कोभिड –१९ को संकट केही कम भइरहेको अबस्थामा नेपालमा फेरी डेंगु रोग फैलिदो क्रममा रहेको छ । नेपालका विभिन्न ठाउमा हाल डेंगु संक्रमण देखियको छ । गण्डकी प्रदेश र कास्किका विभिन्न अस्पताल हरुमा समेत यो रोगका बिरामी हरु देखापर्न थालेपछि
मानबिय क्षेत्रमा उल्लेख्य परोपकारी कार्य गर्दै आएको नागरिक परोपकार समन्वय संस्था , कास्किले यो रोगका विरुद्ध अभियान सन्चालन गरेको छ । असोज १ गते साबिक लेखनाथ का वडाहरुमा पर्ने विभिन्न स्थानहरुमा जनसचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारी को अध्यक्षता र कार्यक्रम संयोजक शिबराज सुबेदिको संयोजकत्व मा कार्यक्रम सम्पन्न भयको हो । कार्यक्रममा पोखरा ३० मा रहेको सरुवा रोग तथा संक्रामक अस्पताल , अयुर्बेदिक चिकित्सालय शिशुवा र पोखरा २९ मा रहेको शहरी स्वास्थ केन्द्रका स्वास्थ्यकर्मीहरुले सहजिकरण गरेका थिए । कार्यक्रममा डा . प्रकाश भट्टराई , डा. आभास आचार्य , स्वास्थकर्मिहरु विशाल पौडेल , कबिराज लक्ष्मी देबि शर्मा , साधना सापकोटाले रोग बाट कसरि जोगिने बारेमा सुचित गरेका थिय ।
कार्यक्रम पोखरा ३२ तल्लो गगनगौडा , पोखरा ३० को तागाको मुख, पावरहाउस, शिशुवा , पोखरा २९ को भन्डारढिक , पोखरा २७ को तालचोक , पोखरा २६ को अर्घौ चोक , बुढिबजार हुँदै पोखरा ३१ को बेगनास तालमा समापन भयकोे छ । कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष राजेन्द्र ओझा , सामाजिक ब्याक्तित्व राममणी अधिकारी र अध्यक्ष चिरन्जिबी तिवारिले प्रकाश पारेका थिय । कार्यसमितिका सदस्य तथा कार्यक्रमका संयोजक शिबराज सुबेदिले सन्चालन गरेको कार्यक्रममा १००० भन्दा बढी पर्चा बितरण भयको र सचेतना मुलक कार्यक्रम बाट रोगको संक्रमण र उपचार सम्बन्धी जानकारी प्रत्यक्ष रुपमा नागरिक हरुले प्राप्त गरेका थिय । नागरिक परोपकार समन्वय सस्था कास्कीले सब बहान सन्चालन गरिरहेको र अन्य सामाजिक कार्यहरु सन्चालन गर्दै आइरहेको जानाकारि गराइयको कार्यक्रममा उपाध्यक्ष देबराज पन्थी , सचिब गिता जमरकट्टेल, सह सचिब सीता सापकोटा , कोषाध्यक्ष इन्द्रबिलास जमरकट्टेल , का .समिती सदस्य चेतबहादुर कुमाल , शारदा बास्तोला , बसन्तराज ढकाल , सुशील लामिछाने र कार्यलय प्रमुख मनिष घिमिरे लगायत नागरिक र अन्य सामाजिक ब्याक्तित्व हरुको उल्लेख्य उपस्थित रहेको थियो।