Saturday, August 22

माओबादीमा समानुपातिकका पुराना अनुहार नदोहोराउने निर्णय संगै गन्डकी प्रदेशमा पहाडको चर्चा !

माओबादीमा समानुपातिकका पुराना अनुहार नदोहोराउने निर्णय संगै गन्डकी प्रदेशमा पहाडको चर्चा तिब्र छ ।

Advertisement

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिती बैठकले समानुपातिक तर्फ अन्तरिम सम्बिधान बिधयक बाहेकका हालसम्मका पहिले साम्सद भैसकेकाहरु लाई भने नदोहोर्‍याउने निर्णय गरिसकेको छ।

Advertisement
Advertisement

यो संगै बाग्लुङ जिल्लामा पनि माओवादी केन्द्रले प्रदेश सभा तर्फबाट समानुपातिकको नाम भने प्रदेश र केन्द्रलाई सिफारिस गरिसकेको छ । जिल्लाबाट सिफारिस हुनेहरु र आंकान्क्षीहरु धेरै भएपनी त्यसलाइ अन्तिम टुंगो भने अब माओवादी केन्द्रले बन्द सुची अन्तरगत राखेर टुङ्गाउने भएका छन् । ५ जनाको सिफारिस मध्यमा पनि पहाड उपनामले चिनिने मेख बहादुर बिकको भने सर्बाधिक चर्चा र सम्भावना रहेको स्वयम् माओवादी बृतमा छलफल चलिरहेको जानकारी प्राप्त भएको छ ।

Advertisement

माओवादीको १० बर्से जनयुद्धमा सहभागी पहाड जनयुद्धकै लडाइँको अनेकौं मोर्चाहरुमा घाइते भएका थिए । ३ पटक सम्म गम्भीर घाइते पहाडको टाउको र ढाडमा बन्दुकका गोलि र छररा अझैसम्म शरीरमै छन् । जनयुद्धकै समयमा लामो समय पोखरामा बिताएका उनिको २०६२ सालमा कास्की लेखनाथको ज्यामिरकुनामा 9MM ब्राउनिङ पेस्तोलको ३ वटा गोलिले घाइते शरीर लिएरै सेनाको घेरा तोड्दै ४ घन्टा पश्चात् मात्रै पार्टीको सम्पर्कमा पुगेका थिए। कुनैबेला उनै पहाड लाई घाइते पस्चात मृत भएको ठानिएर खाल्डामा हालिसकेको पनि पुन जिबित भएको आशन्कामा खाडल बाट निकालेर उपचार गरिएको थियो ।

माओवादी पार्टी शान्ती प्रक्रियामै आएपछी पनि उनी कास्किको मजदुर संगठन र तत्कालीन वाइसीएलको पनि चर्चित नेता हुन । जनयुद्धमै आफ्नी बहिनी गुमाएका उनको योगदानलाई पोख्रेली र बाग्लुङका जनताले नजिकबाट भाबनात्मक हिसाबले चिनेका छन् । यसैकारणले पनि उनिलाइ पार्टीले महत्वका साथ समानुपातिकमा पठाए सङ्गै उनको चर्चा चुलिएको हो।