राजनीतिसमाचार

समानुपातिक उम्मेदवारविरुद्ध १९ वटा उजुरी

नेपालअखबार, काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रहेका उम्मेदवारहरुविरुद्ध निर्वाचन आयोगमा १९ वटा उजुरी परेको छ ।

निर्वाचन आयोगका कर्मचारीहरुका अनुसार प्राप्त उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ ।

यसअघि राजनीतिक दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाएका थिए । उक्त बन्दसूचीमा हेरफेर गर्न आयोगले दलहरुलाई असोज १६ गतेसम्मकोा समय दिएको थियो ।

दलहरुका तर्फबाट नाम हेरफेर गर्न दिने लगायतका कार्य सकाएपछि आयोगले दाबी विरोध र उजुरीका लागि खुला गरेको थियो । दलहरुका तर्फबाट पेश भएको र संशोधन भइ दलहरुका तर्फबाट फाइनल भएको उम्मेदवारहरु उपर आयोगले दाबी, विरोध र उजुरी लिएको हो ।प्राप्त उजुरीहरुको अध्ययन÷जाँचबुझ गरेर कार्तिक ९ गते समानुपातिकतर्फको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

the authoradmin