दुर्घटनासमाचार

झापामा भ्यानको ठक्करबाट एक युवकको मृत्यु

नेपालअखबार, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार झापा, शिवसताक्षी नगरपालिका–९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते राईको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले दुर्घटनामा संलग्न भ्यान र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जनाएको छ ।

the authoradmin