Sunday, August 23

अध्यक्ष नेपाल : सत्ता गठबन्धनलाई अप्राकृतिक भन्ने विपक्षी गठबन्धनलाई सशक्त रूपमा काउन्टर जवाफ दिन कार्यकर्तालाई निर्देशन

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई अप्राकृतिक भन्ने विपक्षी गठबन्धनलाई सशक्त रूपमा काउन्टर जवाफ दिन कार्यकर्तालाई निर्देशन दिएका छन्।

Advertisement

ललितपुर ३ मा मंगलबार भएको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

Advertisement
Advertisement

‘गठबन्धनबारे प्रश्न उठ्ला, यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक भनिएला। यस्तो भन्नेलाई काउन्टर प्रश्न तेर्स्याउनुपर्छ। यदी सत्तागठबन्धन अप्राकृतिक भन्छन् भने विपक्षी गठबन्धन अप्राकृतिक र अपवित्र दुवै हो,’ उनले भने।

Advertisement

नेकपा एमालेको नेतृत्वमा विपक्षी गठबन्धन छ। उनले सत्ता गठबन्धन संविधान र लोकतन्त्र जोगाउनका निम्ति बनेको बताए।

‘अहिलेको गठबन्धनले संविधान र लोकतन्त्र जोगायो। संविधान कुल्चिने र मुलकलाई अस्थिरतामा लैजाने तत्कालीन प्रधानमन्त्रीका कदमविरुद्ध गठबन्धन बनेको हो। सत्ता गठबन्धन प्राकृतिक र पवित्र छ भनेर जनतालाई बुझाउनुपर्छ,’  उनले भने।

अध्यक्ष नेपालले सत्ता गठबन्धनको साझा प्रतिवद्धता बुधबार सार्वजनिक हुने बताए।