राजनीतिसमाचार

नेपाली कांग्रेस कास्कीद्वारा विभिन्न समिति तथा उपसमिति गठन

Nepal Akhabar

नेपालअखबार, पोखरा । आसन्न मंसिर ४ गते हुन लागेको निर्वाचनलाई लाक्षित गरि नेपाली कांग्रेस कास्कीद्वारा आज आफ्नै कार्यालय चिप्लेढुंगामा विभिन्न समिति तथा उपसमिति गठन गरेको छ ।

नेपाली कांग्रेस तथा गठबन्धनबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई विजयी गराउनको लागि नेपाली कांग्रेस कास्कीका उपसभापति रामबावु भण्डारीको अध्यक्षतामा समिति तथा उपसमिति गठन भएको हो ।

जिल्ला निर्वाचन परिचालन समितिमा युवराज कुँबरको संयोजकत्वमा धनमाया गुरुङ सहसंयोजक, शंकर ढुंगाना सचिव, विश्व शंकर पालिखे र देवी गुरुङ सदस्य रहेका छन् ।

त्यसैगरी सचिवालय व्यवस्थापन उपसमितिमा संयोजक देवेन्द्र भाट, सहसंयोजकमा विष्णु कार्की, सचिवमा सुदिपमोहन भट्टराई, सदस्यहरुमा ऋषिराम सुवेदी र मानेन्द्र कुमाल, अनुगमन तथा सहजीकरण उपसमितिमा संयोजक युवक लामिछाने, सहसंयोजक कमला विन्दु बराल, सचिवमा अर्पण कोइराला, सदस्यहरुमा ज्योति कोइराला र दक्षिणा सुवेदी रहेका छन् ।

प्रचार–प्रसार तथा मिडिया सेन्टर उपसमितिमा संयोजक गंगाधर पराजुली, सहसंयोजकमा सविना तिमिल्सिना, सचिवमा वर्षाकेशव पराजुली, बुथ व्यवस्थापन उपसमितिमा संयोजक खेमबहादुर गुरुङ, सहसंयोजक गणेश बस्नेत, सचिवमा विष्णु अधिकारी, सदस्यहरुमा अर्जुन गु्रुङ र तारादेवी गुरुङ रहेका छन् ।

उद्योग व्यवसाय तथा पर्यटन परिचालन उपसमितिमा संयोजक बावुराम गिरी, सहसंयोजकमा चौबहादुर गुरुङ, सचिव कसिरन मियाँ, महिला तथा आमा समूह परिचालन उपसमितिमा संयोजक सीता शर्मा, सह–संयोजक मिना परियार, सचिवमा लोक कुमारी गुरुङ र सदस्यहरुमा तारा बराल, लक्ष्मी लम्साल रहेका छन् भने निर्वाचन सम्बन्धि समन्वय उपसमितिमा संयोजक रामजी प्रसाद कोइराला, सहसंयोजकमा डा. दिपक सुवेदी, सदस्यहरुमा चन्द्रमाया गुरुङ र सराफत अलिमियाँ रहेको नेपाली कांग्रेस कास्की जिल्ला निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँबरले बताए ।

 

the authoradmin