समाचारसमाज

घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु

नेपालअखबार, वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ । बिन्दबासिनी गा.पा. वडा नं. ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय  अरबिन्दकुमार दासको मृत्यु भएको हो ।

सोमबार दिउँसो सवा ३ बजे उनी बाख्रालाई खुवाउन अम्बकको बोटतिर गएका थिए । त्यसक्रममा निर्माणाधीन उक तले  घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमा टेकेका थिए ।  जडान नभएको स्ल्याप अचानक खुस्किन गई  जमिनमा लडेर गम्भिर घाइते भएका थिए ।

प्रहरीले  उद्धार गरी उपचारार्थ बाराको प्रसौनीस्थित एल.एस.न्युरो अस्पताल पुर्‍याएको थियो । अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

the authoradmin