नेपालअखबार, पोखरा । कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले उम्मेदवारी दिएका छन् । उम्मेदवार श्रीनाथ बरालले संविधान जोगाउनका लागि र संसदको संरक्षणका लागि पाँच दलीय गठबन्धनको आवश्यकता परेको बताएका छन् ।
उनले प्रतिनिधि सभा सदस्यमा आफुलाई विजयी गराए शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीमा देखिएका समस्यालाई समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गठबन्धनलाई मत नदिए महत्वपूर्ण ऐन कानून बन्ने कुरामा असर पुग्ने अभिव्यक्ति उनको थियो । ‘यहाँहरुको सेवकको रुपमा चुनावी मैदानमा होमिएको छु, निर्वाचित भएपछि कास्की २ को मुहार फेर्ने गरी लाग्ने प्रण गर्दछु ।’, उनले भने ।
कास्की जिल्लामा रहेका समस्यकाा विषयमा आफु जानकार भएको र त्यसको समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले युवाहरुलाई स्वदेशमा नै बस्ने व्यवस्था मिलाउने गरी रोजगारीका कार्यक्रमहरु सिर्जना गरिने बताए ।
देशको विद्यमान परिस्थिति र संविधानको रक्षाका लागि गठबन्धनको आवश्यकता रहेको र गठबन्धनका साझा उम्मेदवारहरुलाई कुनै तित्तता नराखी विजय गराउन आग्रह गरे । त्यसैले यहाँहरुले मत प्रदान गरी नीति निर्माण तहमा मलाई पुर्याउनुभयो भने तपाईको मतको कदर अवश्य गर्नेछु ।’, उनले भने व्यवसायीहरुको रक्षार्थ व्यवसायिक मैत्री कानून निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
दुर्गम क्षेत्रमा बाटोघाटो निर्माण गर्ने विषयमा सकरात्मक पहलकदमी रहने भनाई उनकोे छ । कास्की क्षेत्र नम्बार २ का जनताको मनोभावनालाई आफुले बुझेको र त्यसलाई पुरा गर्ने जिम्मेबारीका साथ चुनावी मैदानमा होमिएको बताए ।
पर्यटकीय सम्भावना बोकेको ठाउँलाई प्रचारप्रसार गर्ने गरी आफु लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पहिलो कार्यकालमा पुरा गर्न नसकेका योजनाहरुलाई पुरा गर्ने ध्येयका साथ निर्वाचनमा होमिएको उल्लेख गरे ।
‘शिक्षा,स्वास्थ्य, रोजगारीका क्षेत्रमा कास्की क्षेत्र नम्बर २ मा अझै धेरै काम गर्न सकिन्छ । बाटोघाटोको स्थरउन्नति देखि पार्किङ व्यवस्थापनमा समेत नीतिगत आधार तयार गर्ने गरी उम्मेदवारका रुपमा यहाँहरु समक्ष आएको बताए । आशा छ जनताले माया गर्नुहुनेछ ।’
विगतकरिब ४० बर्ष देखि लोकतन्त्र, समाजबादको निम्ति राजनीति र समाज सेवामा समर्पित व्यत्तित्व हुन् । पोखरा १३, (आर्वा) काबाबु स्व.प्रेम नारायण बराल, आमा स्व.गौरी बरालका कान्छो छोराको रुपमा रहेका ५५ बर्षीय बरालपोखराको समग्र विकास र समृद्धिसंगै यहाँका जनताको जनजिवीकामा समेत परिवर्तन ल्याउन पर्छ भन्ने हुटहुटिले आफु आउनखोजेको बताएका छन् ।
बाल्यकालः रतन पाण्डे निमावि कक्षा७ सम्मअध्ययन नेता बराल अम्मरसिंह नमुनामावि ८ देखि १० सम्मको अध्ययनपश्चात पृथ्बीनारायण क्याम्पसमा समाजतथामानव सात्र (एम.ए.) सम्मको अध्ययन गरेका छन् ।
बिद्यालय अध्ययनकै क्रममा कक्षा ६ बाटै नाजनीतिमा लाग्नु भएको अनेरास्वियू प्रारम्भिक कमिटिको अध्यक्ष, युथ कम्युनिष्ट लिगको इलाका सचिव(२०३७), कम्युनिष्ट आन्दोलनमा (२०३५÷०३६) लाग्नु भएको बराल २०३८ मा कम्युनिष्ट पार्टीको सक्रियदलमा आबद्ध हुनु भएको थियो । २०४० साल देखि पार्टीको पुर्णकालिनबिद्यार्थी युवा नेताको रुपमालाग्नु भएको बराल, २०४२ पृथ्बीनारायण क्याम्पसमा स्ववियूको सदस्यमानिर्वाचित, २०४४ माबिद्यार्थीहरुलाई अपहरण गरेको बिरोधमा पृथ्बीनायण क्याम्पसमा १३ दीनआमरण अनसन बसेको समेत स्मरण गर्नु हुन्छ । पार्टीको भूमिगतकार्यकर्ताको रुपमाकरिब ३ बर्ष समय वेतितगर्नु भएको बरालपन्चायत व्याबस्था बिरोधी गतिविधिमा लाग्दाविभिन्न राजनीतिक मुद्धाको सामना गर्नु भयो ।
२०४६ सालको जनआन्दोलनको संयुक्तबाममोर्चा गण्डकी अञ्चल समितिमा नेकपामालेको तर्फबाट सदस्य रहेको तथा संयुक्त समेन्त्रमा रहि आन्दोलनको नेतृत्व गरेको अनुभवसमेत रहेको छ । २०४४ देखि २०५९ सम्मजिल्लाविकास समितिकास्कीको उपसभापतीको रुपमाजिम्मेवार सम्हाल्नु भएको बराल, नेकपामाले हुदै नेकपाएमालेको कास्कीजिल्ला कमिटिमा जिल्ला कमिटिको प्रमुख, उपप्रमुख र सदस्यको रुपमाकामगर्नु भयो भने२०६१ सालमातत्कालिन राजाज्ञानेन्द्र शाहको कु बिरुद्ध प्रर्दशनगर्दा पोखरामापक्राउ परी तीनमहिना जेल र दोश्रो पटक ज्ञानेन्द्रको कथितस्थानिय निर्वाचन बहिष्कार आन्दोलन बिरुद्ध करिब साँढे दुई महिना जेल पर्नु भएको थियो । अञ्चलतथाप्रदेश कमिटिमा ३ कार्यकालकाम गरेको तथा केन्द्रिय कमिटि नेकपा र एमालेको केन्द्रिय सदस्यको रुपमा काम गर्नु भएको हाल नेकप ाएकिकृत मसाजबादीको पोलिट ब्यूरो सदस्यतथा गण्डकी प्रदेश कमिटिको उपाध्यक्ष रहनु भएको छ । नेता बराल राजनीतिक क्षेत्रमा मात्र सक्रिय हुनुहुन्छ उहाँविकास निर्माण देखि विभिन्न शैक्षिक एवं सामाजिक संघसंस्थाउत्तिकै सक्रियताका साथ सामाजिक क्षेत्रमा समर्पित हुनु हुन्छ ।