खेलकुदसमाचार

बुद्ध एअर अन्तर्राष्ट्रिय गोल्डकप फुटबल

नेपालअखबार, मोरङ । सहारा क्लबपोखराले भोली (शनिबार) मोरङको बेलबारी–११, लक्ष्मीमार्गमाजारी पाँचौ संस्करणको बेलबारी बुद्ध एअर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामाविभागीय सशस्त्रप्रहरी बलको एपीएफ (काठमाण्डौं) सँग खेल्दैछ।
बेलबारीको लक्ष्मीमार्ग डाङ्गीहाट युथक्लबले आयोजना गरेको प्रतियोगिताकालागिपोखराको सहारा क्लबखेल खेल्न आज (शुक्रबार) विहान बेलबारी आई पुगेको छ। यस प्रतियोगितामा सहाराको पहिलो सहभागिताहो। १० टिम सहभागीप्रतियोगितामासहारा र एपीएफले सिधै वाइपाएर क्वार्टरफाइनल खेल्ने भएको हो।
युवा खेलाडी सम्मिलित सहारा र पछिल्लो समय फुटबलमा उदाउँदै गरेको एपीएफबीच कडा प्रतिस्पर्धा हुनेछ। पूर्व राष्ट्रिय खेलाडी, राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट समावेश खेलाडी र सहारा एकेडेमीकायुवा खेलाडीहरुले सहाराको टिम बनेको छ।
त्यस्तै, फुटबलमा एपीएफले पछिल्लो समय सुधारिएको खेल प्रस्तुतगर्दै एकपछि अर्को सुखदनतिजाहरु निकालेरउपाधिहरु हातपार्दै आएको छ। यस प्रतियोगिताको गत संस्करणको उपविजेतासमेत रहेको एपीएफफाइनलमाहिमालयन शेर्पासँग हारेको थियो।
भर्खरै मात्रपोखरामा सम्पन्ननवौं राष्ट्रिय खेलकुदको फुटबलमा स्वर्ण जितेको छ।नवौं राष्ट्रिय खेलकुदमाविभागीयआर्मीलाई सडेन डेथमा हराउँदै एपीएफले स्वर्ण जितेको हो।
एपीएफ, गतवर्ष पोखरामा सम्पन्नआहा रारा गोल्डकपको डिफेण्डिङ च्याम्पियन समेत हो। गतवर्ष आहा रारा गोल्डकपको फाइनलमामनाङ मस्र्याङ्दीलाई हराउँदै एपीएफच्याम्पियन बनेको थियो।
सहाराकाप्रशिक्षक सुनिल रानाले भोलीएपीएफसँगको खेलमापूर्व राष्ट्रिय खेलाडी अजित भण्डारीको कप्तानीमापूर्व राष्ट्रिय गोलरक्षक विमलथापासहित गण्डकी प्रदेशकाउत्कृष्ट खेलाडीहरु आशिष गुरुङ, सरोज योञ्जन, रन्दीपपौडेल,जय गुरुङ, भिषन गुरुङ तथा यु–२० का राष्ट्रिय खेलाडी सुमितश्रेष्ठ, दिपेश आले, सन्तबहादुर गुरुङ र सहारा एकेडेमीकैमुकुन्द न्यूरेलाई प्लेइङ–११ माउतार्नेछन्।
सहारा एकेडेमीका रोमन थापा (गोलरक्षक) अभिषेक राना, अनिषपोमुलिम्बु, नवराजधमेल, विशाल नेपाली, भागवतचौधरी र जीवन रायमाझी सब्सीच्युट खेलाडी रहनेछन्।
सहाराकाकप्तानअजित भण्डारीले एपीएफसँगको खेल टप हुने बताए। उनले भने, ‘भोलीको खेलमाएपीएफकालागि सहारा चुनैतीबन्नेछ। प्रतिस्पर्धी एपीएफसँगको खेल फिफ्टी÷फिफ्टीकै हुनेछ।’
त्यस्तै, प्रशिक्षक सुनिल रानाले पनि फुटबलमा हाई मोटिभेटभएकोएपीएफलाई होल्डमा राखेर नतिजालाई आफ्नो पक्षमापार्ने खेल पस्कने प्रतिक्रियादिए।
व्यवस्थापकअतित गुरुङले सन्तुलित सहाराको टिम बनाएको उल्लेख गरे। उनले भने, ‘जित्नकालागिबेलबारी आएकाहौं, एपीएफसँगउत्कृष्ट खेल पस्कन्छौं।’
प्रतियोगितामा सहारा क्लबपोखरासहितआयोजक डांगीहाट युथक्लब (मोरङ, बेलबारी), सशस्त्रप्रहरी बल (एपीएफ) काठमाण्डौं, सहलेस युथक्लब (सिराहा), राजारानी फुटबल क्लब (धनकुटा), रोलिङ क्लबधुलाबारी (झापा), पेम्बायुथक्लब (विराटनगर), भारतको एमएमएफसी (वेष्ट बंगाल), युनाईटेड ब्रदर्श (कालिम्पोङ) र एभिनियर फुटबल क्लब (क्यामरुन) ले सहभागिताजनाएको छ।
प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगदसहित ट्रफी पुरस्कार पाउनेछन्। यस वर्ष पुरस्कार राशी बढाएको आयोजक डांगीहाट युथक्लबले जनाएको छ। गतवर्ष पुरस्कार राशीविजेताको ५ लाख र उपविजेताको २ लाख ५० हजार थियो।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगदपाउने क्लबकाअध्यक्षएवं प्रतियोगिता संयोजकविक्रमबान्तवाले जनाएका छन्। वान्तवाकाअनुसार उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर,सर्वाधिकगोलकर्ता र उदीयमान खेलाडीलाई जनही १५÷१५ हजार पुरस्कार पाउनेछन्। उत्कृष्ट प्रशिक्षले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछ।

आजको खेल

प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा सहलेस युथक्लब सिराहाले क्यामरुनको एभिनियर फुटबल क्लबलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थानबनाएको छ। सिराहाकालागिदुबै गोलफोडे फोफोनाले २ गरे। फोफोनाले खेलको ७औं र ६७औं मिनेटमा गोल गरे। फोफोनाले दास्रो गोल पेनाल्टीमा गरेका थिए।
एभिनियरका लागिएकमात्रगोल सोङले गरेका हुन्। सिराहाकापेपे म्यानअफदीम्याच बने।

 

 

 

 

 

 

 

the authoradmin