Saturday, July 11

केपी ओलीजी दार्चुलामा भाषण गरेर लिम्पियाधुरा फिर्ता आउँछ? :देउवा

नेपालअखबार । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दार्चुलामा भाषण गरेर लिम्पियाधुरा फिर्ता आउँछ भनेर प्रश्न सोधेका छन्।

Advertisement

शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याउने बताए।

Advertisement
Advertisement

‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ?,’ देउवाले भने, ‘कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो।’

Advertisement

उनले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने धारणा व्यक्त गरे।

प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए।

त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उनको भनाइ थियो।

‘अति नै भएपछि हामी अदालत गएका हौं,’ उनले भने।

यस्तै डडेल्धुरामा मेडिकल कलेज स्थापना र विमानस्थल बनाउने पनि बताए।

‘गर्भवतीले उपचार नपाएर ज्यान गुमाउनु पर्दैन, मेडिकल पढाइ पनि यही हुन्छ,’ उनले भने, ‘विमानस्थलका विषयमा सम्भाव्यता अध्ययन गरिने र जहाज ल्याएरै छोडिनेछ।’

डडेल्धुराको धेरै विकास भइसकेको बताउँदै उनले बाँकी काम पनि आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभालाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे।

‘खगराज भट्ट माओवादीको नेता हो। उहाँ र हाम्रो पार्टीका साथी मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ। डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ,’ उनले भने।रासस