Thursday, May 7

सत्ता च्युत भएपछि ओली बर्बराउँदै हिँडेका छन् – अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले नेकपा ( एमाले )का अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि   बर्बराउँदै हिँडेको टिप्पणी गर्नुभएको छ  ।

बिहीबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वका ७५ जना कार्यकर्ताहरुलाई एकीकृत समाजवादीमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा स्वागत गदै उहाँले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको बताउनु भयो ।

Advertisement

prabesh 241668054878.jpg

केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालिदिएको भन्दै  सरकार ढलेपछि अहिले ओली उट्पट्याङ कुरा गरिरहेका भन्दै ओलीका उट्पट्याङ कुरा सँगै झुटा आक्रोश र बदलाभाव  पोखिएको बताउनु भयो । अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गर्नुपरेको भन्दै अध्यक्ष नेपालले नेकपा एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको बताउनु भयो ।

अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति, पार्टी, राज्य भन्दा आफूलाई माथि ठान्ने प्रवृत्ति, पहिला पनि तानाशाहीमा यो प्रवृत्ति थियो । त्यही प्रवृत्तिका वाहक ओली बन्न पुगेपछि आफूहरुले कम्युनिष्ट पार्टीलाई पूनएकीकरण गर्नुपरेको बताउनु भयो ।

आफ्नै नेतृत्वको  सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्ने  काम गरेको , वृद्धभत्ताको सुरुवात गरेको  र यो  काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी समेत गर्नुभयो  ।  अव नेपालमा पर्यटन क्षेत्रको खोजी गरी विकास गर्न आवश्यक रहेको भन्दै देशको आर्थिक स्तरोन्नतिको लागि विद्युत र पर्यटन क्षेत्रको बिस्तार गर्न जरुरी रहेको बताउनु भयो  ।

उद्देश्य लक्ष मिल्नेहरु क्रमश एकीकृत हुँदै गएको चर्चा गर्दै अध्यक्ष नेपालले नेपाली जनतालाइ सवै खाले अन्याय अत्याचार गरीवि र पछौटे पनबाट मुक्त गरी देशको गरीमा उच्च राख्दै राष्ट्रप्रतिको समर्पण भाव जगाउनु वर्तमानको आवश्यकता भएको बताउनु भयो  । समाजवाद वाट नै जनताले न्याय समानता र समृद्ध जीवन यापन गर्न सकिन्छ भन्नेहरुकै कम्युनिष्ट पार्टीहरु  एकता हुने क्रम जारी रहेको उहाँको भनाई थियो ।  सिद्धान्तमा मात्र नभएर व्यवहारमा नै परिवर्तन र रुपान्तरण अवको कम्युनिष्ट आन्दोलनको आवश्यकता भएको उहाँको भनाई थियो ।

पार्टी पुनर्मिलन कार्यक्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्का सहित काठमाडौं, धादिङ, काभ्रे र रौतहटका  ७५ वढी नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा समाहित भएका थिए । कार्यक्रममा पार्टीका महासचिव डा. वेदुराम भुसाल , वाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसाल, अनुसासन आयोगका अध्यक्ष शिववहादुर देउजा सहित नेताहरुको सहभागिता थियो ।