Thursday, May 7

भूकम्प पिडीतलाई तारा गाउँ विकास समिति परिवारकाे तर्फबाट आर्थिक सहयाेग दिने

नेपालअखबार, काठमाडाैं। डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा  केन्द्रविन्दु भएर  बुधवार बिहान  २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको  भूकम्प गएको थियो । भूकम्पले घर भत्किँदा  डाेटी जिल्लाकाे पूर्वीचाैकी  गाउपालिका  वडा नं. ३  गैरागाउ स्थीत   ६ जनाको मृत्यु भएको,   ७ जना घाइते भएका छन्  साथै २१ वटा घरमा  पूर्ण क्षति भएकाे खवरले नेपाल सरकार ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तारा गाउँ विकास समिति परिवार स्तब्ध रहेकाे  सदस्य सचिव महेन्द्र थापा  मगरले जान्कारी दीएका छन् ।

यस दुखद् घडिमा भूकम्पबाट मृत्यु भएका व्यत्तिहरू प्रति हार्दिक श्रद्दान्जली अर्पण गरेका छन् । यसका साथै घाइतेहरूलाई  सिघ्र स्वास्थ्य लाभकाे कामना ब्यत्त गर्दै भूकम्पबाट  क्षतिभएका परिवारका लागि राहत स्वरूप तारा गाउँ विकास समिति परिवारकाे तर्फवाट एक दिनकाे तलब बराबर  आर्थिक सहयाेग गरिएकाे सदस्य सचिव महेन्द्र थापा  मगरले जान्कारी दिएका छन् ।

Advertisement

यस दुखकाे बेला सबैलाई  सहयाेगका लागि सबैमा हार्दिक अपिल गरेकाछन् ।