राजनीतिसमाचार

आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउने प्रतिबद्धता : गठबन्धन

नेपालअखबार, पोखरा । पाँचदलीयगठबन्धनको तर्फबाटकास्कीनिर्वाचन क्षेत्र नं.२ का साझाउमेदवारहरुले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउनपहलगर्ने प्रतिबद्धताजनाएकाछन् । नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी समृद्ध राष्ट्र निर्माणकालागि स्वस्थनागरिक आवश्यक पर्ने उल्लेख गर्दै उनीहरूले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सर्वसुलभ बनाउनविशेष पहलगर्ने प्रतिबद्धताजनाएकाहुन् ।
‘ज्येष्ठनागरिक स्वास्थ्य सेवा सञ्चालन गरी निःशुल्क स्वास्थ्य परीक्षण, उपचार, परामर्श नर्सिङ सेवा, डाक्टर ईन कलजस्ता सुविधाउपलब्ध गराई आवश्यकता ज्येष्ठनागरिक स्याहार केन्द्र (एकीकृत सेवा) र दिवा सेवाकार्यक्रमअन्तरगतधार्मिक तथाआर्ट अफलिभिङ जस्ताकार्यक्रम सञ्चालनगरिने छ, उनीहरूको प्रतिबद्धतापत्रमाभनिएको छ, बेरोजगारी, लागु औषधदुव्र्यसनीजस्ता समस्याहरूबाटउत्पन्न परिस्थितिलाई व्यवस्थापन र नियन्त्रणगर्न मनोसामाजिक परामर्श केन्द्र स्थापनागर्न पहलगरिने छ ।’
उनीहरूले पोखरामाट्रमा सेन्टर, सरुवा रोग, बालएवं प्रसूतिअस्पतालनिर्माणगर्नविशेष पहलगरिने समेत बताएकाछन् । पश्चिमाञ्चल क्षेत्रीयअस्पताल र मातृ शिशु मितेरी अस्पतालमा जन साधारणको पहुँच र्पुयाई सर्वसुलभ सेवाप्रदानगर्ने गरी स्तरोन्नतिगरिने गठबन्धनले जनाएको छ । हालपोखरा स्वास्थ्यविज्ञानप्रतिष्ठानद्वारा सञ्चालितपश्चिमाञ्चल क्षेत्रीयअस्पतालमा दैनिकजसो हजारौँ बिरामीहरूको चापकाकारण सबै नागरिकहरूले सेवाप्राप्तगर्न क्रममानिकै सास्तीभोग्नु परेको छ ।
‘काश्यपऋषिको तपोभुमिको रूपमाप्रसिद्धपोखरामाउपचार र निदानभन्दा रोग लाग्नै नदिनु वेश भन्ने उक्तिलाई चरितार्थ गर्न आयुर्वेदको पठनपाठन र उपचारकालागिआरोग्यधाम सञ्चालनगर्न तथा यस क्षेत्रमा रहेकाऔषधीजन्यजडीबुटी, वनस्पति र वन स्रोतको संरक्षण, संवर्धन र उपयोगितालाई बढाउनजडीबुटीप्रशोधन केन्द्र स्थापनागर्न पहलगरिने छ, प्रतिबद्धतापत्रमाभनिएको छ, पर्यटकीय सहर पोखरालाई थपपर्यटकमैत्रीबनाउनपर्यटक स्वास्थ्य सेवाकार्यक्रम सञ्चालनगरिने छ ।’
हरेक नागरिकहरूलाई स्वच्छमनोरञ्जन गर्न पार्क तथाविश्राम स्थल, बालउद्यान, खेलकुद मैदान, व्यायामशाला, वाचनालय र भजनकृतनगर्न आवश्यकपूर्वाधार निर्माण गरी सेवाप्रदानविशेष पहलगरिने उनीहरूले प्रतिबद्धताजनाएकाछन् । स्वास्थ्य क्षेत्रमाआमूल परिवर्तन आवश्यक रहेको बताएकाउनीहरूले सुविधा सम्पन्नअस्पतालतथाउपचार केन्द्रहरू स्थापनागर्न आवश्यक रहेकामाजोड दिएकाछन् ।

the authoradmin