राजनीतिसमाचारहाइलाइट-समाचार

झलनाथ खनालले इलाममा मतदान शिक्षा पढाए

नेपालअखबार,  इलाम। इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एक सभालाई सम्बोधन गर्दै मतदान शिक्षाबारे विस्तृत रूपमा बताए ।

शुक्रबार इलामको सूर्योदय–६, सहिदपार्कमा भएको चुनावीसभामा पूर्ववक्ताले झलनाथ खनालको नाममा भोट मागेर छल गरिएको बताएका थिए । उनीहरूले भनेका थिए– यहाँ मतदान शिक्षा दिने नाममा कमरेड झलनाथ खनालको नाममा भोट माग्ने तर भोट सूर्यमा हाल्न सिकाइएको छ ।

पूर्वमन्त्री खनालले करिब ४१ मिनेटको भाषणमा पछिल्लो राजनीतिक घटनाक्रम, इलामको विकासका योजना र कार्यक्रमसँगै मतदान शिक्षाका सम्बन्धमा चर्चा गरे । प्रस्तुत छ, उनले मतदान शिक्षाका सम्बन्धमा व्यक्त गरेको भनाइ उनकै शब्दमा :

हामी निर्वाचनको ठ्याक्कै मुखमा छौँ । हामीले मतदान कसरी गर्ने भन्ने सम्बन्धमा पनि जनतालाई प्रशिक्षण गर्नुपर्छ । अहिले नमुना मतपत्र तपाईं हामीसँग आइसकेका छन् । हामीले घरघरमा हाम्रा बुवाआमा, दाजुभाइ, दिदीबहिनी सबैलाई मतपत्र र मतदान गर्नेबारे सिकाउनुपर्छ ।

मतदान केन्द्रमा तपाईं पुगेपछि मतदान अधिकृतले तपाईंको नाम बोलाउँछ । यसपछि तपाईं चारवटा टेबल पार भएर जानुपर्छ ।

पहिलो टेबलमा तपाईंले प्रतिनिधिसभाको उम्मेदवारलाई अर्थात् झलनाथ खनाललाई कलम चिह्नमा मत दिनुप¥यो । मतदानपत्रमा १०–११ वटा चिह्न छन् । त्यसमध्ये तपाईंले प्रस्ट देख्नुहुन्छ कलम, त्यो कलममा मतदान गर्ने ।

त्यसपछि तपाईं बाहिर निस्कनँ पाउनुहुन्न, दोस्रो टेबलमा जानुहुन्छ । त्यहाँ अर्को मतपत्र तपाईंलाई दिइन्छ । त्यो मतपत्रमा धेरैवटा चिह्न हुन्छन्, त्योचाहिँ समानुपातिक मतपत्र हो । तपाईं हामी तीनवटा पार्टीका मान्छेहरू छौँ, तीनमध्ये तपाईं जुन पार्टीको हो, त्यसैमा मतदान गर्ने । जस्तो ः कांग्रेसका समर्थक छौँ भने रुखमा मतदान गर्ने, माओवादीका छौँ भने हँसिया–हथौडामा र समाजवादीका छौँ भने कलम चिह्नमा मतदान गर्ने ।

तेस्रो टेलबमा गएपछि शमशेरभाइ (शमशेर राई– प्रदेशसभा सदस्यको उम्मेदवार, इलाम १ ‘ख’)को पालो आउँछ । त्यो टेबलमा गएपछि हामीले रुखमा मत हाल्छौँ र बाकसमा खसाउँछौँ ।

चौथो टेबलमा गएपछि फेरि समानुपातिकको मतपत्र आउँछ । त्यसमा पनि धेरैवटा चिह्न छन् । त्यसमा पनि सावित्राजी, बन्दनाजीहरूलाई जिताउनका लागि मत दिने हो । यसमा धेरै चिह्न भएकाले तीमध्ये आफूले समर्थन गर्ने पार्टीको चिह्न जुन हो, त्यसैमा मतदान गर्ने । यसरी मतदान गर्नुपर्ने हुन्छ । यसबारेमा हामी आफू पनि सिकौँ र सबै जनतालाई सिकाऊँ । ताकि एउटा पनि मतपत्र खेर नजाओस् । स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा मतपत्र खेर गए, हामीले जिताउनुपर्नेले हारे, हार्नुपर्नेले जिते । यसपटक यस कुरालाई हामीले ख्याल गर्नुपर्नेछ ।

the authoradmin