Monday, November 3

राष्ट्रपति भण्डारी आइसल्याण्डबाट स्वदेश फिर्ता

नेपालअखबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डबाट आज बिहान काठमाडौं फर्किएकी छन् ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गरे ।

Advertisement

विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड प्रस्थान गरेकी थिइन् ।

सो सम्मेलनमा राष्ट्रपति भण्डारीलाई   डब्लुपीएल टे्लब्लेजर अवार्डबाट सम्मान  गरिएको थियो ।