
नेपालअखबार, पोखरा । कास्की २ बाट उम्मेद्वार श्रीनाथ बरालले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह छन् । पोखरा ११ मा सडक, सिँचाई, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ ।’, पोखरा ११ काहुँमा मतदातासँग भेटघाटगर्दै उम्मेदवार बरालले जनताको आकांक्षा बुझेर पर्यटन र कृषिमा जोड दिने बताए ।
बरालले भने वुरूवा, बस्यारी, काहुँ सम्म पक्कि सडक निमार्ण गर्ने प्रतिवद्धता गरेका छन् । संविधानको रक्षागर्दै जनताप्रतिउत्तरदायी हुने उनको प्रतिवद्धता छ । पोखरा ११ क्षेत्र कृषिका लागि योग्यभएकाले पनि त्यसमाध्यान दिने उनले बताए । स्थानीय उत्पादनलाई प्याकेज गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियबजार पु¥याउने उनको प्रतिवद्धता छ ।
अब निर्वाचनमा विजयी भएर आर्थिक विकास र रोजगारीको क्षेत्रमा नेतृत्वदायीभुमिका खेल्ने उनको दावी रहेकाे छ।

