Friday, August 21

घट्टेखोला–धम्पुस सडक टेण्डरमा गयो,अब सम्पन्न गर्ने जिम्मा हाम्रो हो :बराल

नेपालअखबार, पाेखरा । कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको घट्टेखोला हुँदै धम्पुस खानी गाउँको सडक आफूहरुको प्रयासमा कार्यक्रममा परेको बताउनुभएको छ ।

Advertisement

उहाँले यस सडक योजना अब टेण्डरमा गईसकेकोले यो बाटोलाई सम्पन्न गर्नुपर्ने जिम्मा पनि आफुहरुकै काँधमा रहेको स्पष्ट पार्नुभयो ।

Advertisement
Advertisement

माछापुछ«े गाउँपालिकाको धम्पुसमा आज आयोजना गरिएको चुनावी सभामा बोल्दै बरालले भन्नुभयो,‘हामीले यो बाटो ल्याउन पहल ग¥यौं, विपक्षीहरुले रोक्न धेरै प्रयास गरे, तर हामीले उनीहरुको अबरोध चिर्दै योजना पारेका छौं । अब यो बाटो टेण्डरको प्रकृयामा गईसकेकोले सम्पन्न पनि हामीले नै गर्ने हो ।’

Advertisement

बरालले आफु प्रदेश सभामा हुँदा धेरै कामहरुको थालनी भएको बताउँदै ति कामहरु पनि पुरा गर्न प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताउनुभयो ।  यहाँ थाँती रहेका योजना सम्पन्न गर्न र नयाँ योजना शुरुआत गर्न गठबन्धनका उम्मेदवार दुर्गा भण्डारीले जित्नुपर्छ ।’ बरालले भन्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार दुर्गादक्त भण्डारीले माछापुच्छे« गाउँपालिकाको समग्र विकासमा आफु कटिवद्ध भएको उल्लेख गर्दै उम्मेदवार बरालले सुरु गरी बाँकी रहेका कार्यभार आफुले पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले प्राविधिक शिक्षा, पर्यटकीय पैदलमार्गको निर्माण र सहज स्वास्थ्य सेवाका लागि काम गर्ने बताउनुभयो ।

संविधान सभा सदस्य एवं कागेंस नेतृ शारदा पौडेलले प्रत्यक्ष तर्फ गोलाकार भित्रको हसिया हथौडामा कागेंसको चिन्ह सम्झेर गठबन्धनका उम्मेदवारलाई अमुल्य मत दिन आग्रह गर्नुभयो ।  चुनाव प्रचार प्रसार समिति क्षेत्र नम्बर ३ का संयोजक मनोज गुरुङले उम्मेदवार बरालको पहलमा माछापुच्छे«ेमा धेरै योजना परेको उल्लेख गर्दै अब केन्द्रिय र ठुला रणनितीक योजना पूरा गर्न बरालको जित आवश्यक भएको तर्क गर्नुभयो ।

एकिकृत समाजबादीका समानुपातिक उम्मेदवार दल बहादुर गुरुङले धम्पुसको विकासमा केही तत्वले अबरोध गर्दै आएको उल्लेख गर्दै अब गठबन्धनका उम्मेदवाले नै समग्र विकास गर्ने दाबी गर्नुभयो । कागेंस नेता पोशनाथ शर्माले समृद्धिको शिखरमा पुर्याउन र १२ लाख युवालाई स्वरोजगार सृजना गर्न प्रदेश र संघमा गठबन्धनको सरकार आवश्यक भएको उल्लेख गर्नुभयो ।

माछापुच्छे« ७, गठबन्धन निर्वाचन कमिटिका संयोजक सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एकिकृत समाजवादीका युवा नेता आसिम गुरुङ, समाजवादीका नेता प्रेम पौडेल, माओबादी केन्द्र माछापुच्छे« ७ का वडा अध्यक्ष  डिल्लीराम भण्डारी लगायतले गठबन्धनको विजय सुनिश्चित रहेको उल्लेख गर्नुभयो ।