Thursday, May 7

गठबन्धनको प्रतिबद्धता : माध्यमिकतहमै पर्यटनविषयको पाठ्यक्रम

नेपालअखबार, पोखरा । कास्की २ कापाँचदलीय गठबन्धनका साझा उमेदवारहरुले पोखराको पर्यटनलाई बढवादिनमाध्यामिकतहमै पाठ्यक्रमबनाउनपहल पर्ने प्रतिवद्धता जनाएको छ ।
पोखरा पर्यटन क्षेत्र भएकाले यस क्षेत्रमा आवश्यक दक्षजनशक्ति उत्पादनगर्न माध्यमिकतहमै पर्यटनका विषयमा पठनपाठन गर्न पहलगर्ने बताएको छ । जसका लागि सार्वजनिक र सामुदायिकविद्यालयसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै सूचना, सञ्चार तथाप्रविधिको बढ्दो आवश्यकतालाई सम्बोधनगर्न महानगरीय आईसिटी एकेडेमी स्थापनागर्न महानगरसँग सहकार्य गर्ने बताएको छ ।
यो सँगै शिक्षा क्षेत्रमा खोजमुलक पठनपाठन तथा अनुसन्धान संस्कृतिको विकास गरी गु्णस्तरीय शिक्षाहासिलगर्ने अवसरको सुनिश्चितता गर्न एक मेट्रो लाईब्रेरी र वडास्तरमालाई ब्रेरी स्थापनाका लागि पहल गर्ने बताएको छ ।
विद्यार्थीहरुका लागिआत्मनिर्भर सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि गरेको छ । यो कार्यक्रममाध्यमिकतह पुरा गरेका विद्यार्थीहरुका लागि लाभ हुने गरी सञ्चालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र पृथ्वीनारायण क्याम्पसलाई अनुसन्धान गर्ने थिंक ट्यांकका रुपमाविकास गर्ने गठबन्धनको प्रतिवद्धता छ । आवश्यकताअनुसार कृषि, स्वास्थ्य, इन्जिनियरिङ र सूचनाप्रविधि सम्बन्धी प्राविधिक तथा व्यावसायिक महाविद्यालयको रुपमाविकास गरिने बताएकाछन् ।
गठबन्धनको तर्फबाटकास्की क्षेत्र नं.२ माप्रतिनिधि सभा सदस्यतर्फ नेकपाएकीकृत समाजवादीकाश्रीनाथ बराल, प्रदेशसभा २ (क) मा नेकपामाओवादी केन्द्रकाविश्वप्रकाशलामिछाने र प्रदेशसभा २ (ख) मा नेपालीकाँग्रेसकाविन्दुकुमार थापाउम्मेदवार छन् ।

 

Advertisement