खेलकुदविश्वसमाचार

साउदी अरेवियासँग हर्‍यो अर्जेन्टीना

नेपालअखबार, एजेन्सि। विश्वकप फुटबलमाको पहिलो खेलमा अर्जेन्टिनाले हार ब्यहोर्यको छ । मंगलबार भएको खेलमा अर्जेन्टीना साउदी अरेवियासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराजित हुन पुगेको हो । अर्जेन्टिनाका लागि खेलको १०औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको खेलको ४८ औं मिनेटमा साउदी अरेवियाका लागि सालेच अल्सेरीले बराबरी गोल फर्काए । खेलको ५३औं मिनेटमा साउदी अरेवियाका लागि सालेमले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।

जितसँगै साउदी अरेवियाले एक खेलबाट ३ अंक जोडेको छ । यता अर्जेन्टिनाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

the authoradmin