Saturday, July 11

बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी

नेपालअखबार, बागलुङ। बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

Advertisement

अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ।

Advertisement
Advertisement

बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई एक हजार चार सय ७९ मतान्तरले पराजित गरेका छन्।  थापाले १३ हजार आठ सय ८४ मत ल्याएका छन् भने केसीले १२ हजार चार सय पाँच मत ल्याएका छन्।

Advertisement

बागलुङ–१ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भएका छन्।

सुवेदीले एमालेका नवराज पौडेललाई छ हजार ७५ मतान्तरले पराजित गरेका छन्।

सुवेदीले १३ हजार तीन सय २७ ल्याउँदा पौडेलले सात हजार दुई सय ५२ मत ल्याएका छन्।

पौडेल स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका थिए। उनी कांग्रेस बागलुङको निवर्तमान सचिवसमेत थिए।

बागलुङ–२ (१) मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी भएका छन्।

शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गरेका हुन्।

शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरे। घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए।

बागलुङ–२(२) मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी भएका छन्।

कुँवरले एमालेका लक्ष्मण पुनलाई तीन हजार सात सय ३७ मतान्तरले पराजित गरेका हुन्। कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ सय ७१ मत ल्याएका छन्। रासस