Saturday, July 11

प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं २(२)मा विन्दुकुमार थापा विजयी

नेपालअखबार, पाेखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की क्षेत्र नं २(२)मा नेपाली काँग्रेसका विन्दुकुमार थापा विजयी हुनुभएको छ ।

Advertisement

पोखरा सभागृहमा आज विहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार काँग्रेसका थापाले नेकपा(एमाले)का मीना गुरुङलाई एक हजार ३०९ मतान्तरले पराजित गरी दोस्रो पटक प्रदेशसभामा निर्वाचित हुनुभएको हो ।

Advertisement
Advertisement

थापाले नौ हजार २८० मत प्राप्त गर्दा एमालेका गुरुङले सात हजार ९७१ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थापा यसअघि विसं २०७४ को निर्वाचनमा प्रदेशसभा विजयी भएर हाल प्रदेश सरकारको कानुन सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री समेत हुनुहुन्छ ।

Advertisement

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले तीन हजार ९०१, स्वतन्त्र उम्मेदवार श्रमिक घर्तीक्षेत्रीले ४६५, नेपाल सुशासन पार्टीले ३६६,मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका लक्ष्मण विश्वकर्माले २२६ मत प्राप्त गर्नुभएको जनाइएको छ ।