Sunday, May 10

तनहुँ-१ मा रामचन्द्र पौडेल विजयी

नेपालअखबार, तनहुँ। तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।

Advertisement

पौडेल ५ हजार तीन सय ७५ मतान्तरले विजयी भएका छन्। निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ।

यहाँ नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगर पराजित भए। तनहुँ १ मा ६८१५८ मत खसेको थियो।पौडेल २०७४ को चुनावमा यही क्षेत्रबाट पराजित भएका थिए।