राजनीतिसमाचार

डोल्पाबाट निर्वाचित सांसद बुढाले भने- सरकारबाट पाउने सेवासुविधा सामाजिक कार्यमा खर्च गर्छु

Nepal Akhabar

नेपालअखबार, डाेल्पा। डोल्पा जिल्लाबाट प्रतिनिधि सभा सदस्यको लागि निर्वाचित सांसद धन बहादुर बुढाले पाँच वर्षसम्म सरकारबाट पाउने सेवासुविधा सामाजिक कार्यमा खर्च गरिने घोषणा गरेका छन्।

डोल्पाका सबैभन्दा ठूलो आवश्यकता सडकको पहुँच भएकोभन्दै उनले आफ्नो रकमले त्यस कार्यका लागि केही नपुगे पनि अन्य विकास निर्माणमा लगाउने बताए।

‘मेरो यो सेवा सुविाधा पाउने रकम डोल्पाका शिक्षाको स्तर बृद्धि गर्न तथा गुम्बा, मन्दिर निमार्ण तथा विकासका लागि खर्च गर्नेछु’, उनले भने।

लगातार वि सं २०७०, २०७४ र २०७९ मा सांसद भएका बुढाले अबको पाँच वर्षे कार्यकालमा आफू सांसद भएर पाउने सवै सेवा सुविधा डोल्पाका विभिन्न ठाउँमा आवश्यकता अनुसार खर्च गर्ने घोषणा गरे।

पूर्व पर्यटन राज्य मन्त्रीसमेत भईसकेका सांसद बुढाले डोल्पालाई सडक सञ्जालको पहुँज पुर्‍याउन आफ्नो पहिलो ध्यान जाने बताए। यस्तै हवाई सेवालाई सहज र प्रभावकारी बनाउन पहल गर्ने बताए।

भेरी करिडोरको स्तरोन्नती, कालोपत्रे गर्ने,म सिनेचौर विमानस्थल परीक्षण उडान ‘त्रिपुराकोट काईगाउँ बजार बचाउ अभियान’, दुनै जुफाल, त्रिपुराकोट, मसिनेचौर आर.सि.सि सडक निर्माण गर्ने, जुफाल विमानस्थल, मसिनेचौर विमानस्थल लाई कालोपत्रे संगैँ व्यवस्थीत गर्ने,जिल्लाका सवै स्थानीयतहहरुमा सडक संजाल जोड्ने, जिल्ला अस्पताल जोड्ने पक्की पुल निमार्ण गर्ने, विद्युत निर्माण गर्ने, सूचना संचारको लागि भरपर्दो टावर निमार्ण गर्ने लगाएतका २० बुँदाको काम गर्ने सांसद बुढाले प्रतिबद्धता जनाए।

दुई पटक नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य बनिसकेका बुढा यस पटक भने नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

the authoradmin