नेपालअखबार, काठमाडौं । सेनेगल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकी र समग्रमा छैटौं टिम बनेको छ ।
मंगलबार इक्वेडरलाई २-१ ले पराजित गरेपछि सेनेगल ६ अंक जोड्दै समूह ए को उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।
सेनेगल २० वर्षपछि विश्वकपको नकआउट चरणमा पुग्दा हालका प्रशिक्षक अलिओउ सिसेको रमाइलो संयोग जोडिएको छ ।
सन् २००२ मा पहिलो पटक विश्वकप खेल्दा नै सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो । दोस्रो पटक २०१८ मा विश्वकप खेल्दा समूह चरणबाटै बाहिरिएको सेनेगल तेस्रो पटक खेल्दा फेरि नकआउट चरण पुग्न सफल भयो ।