खेलकुदविश्वसमाचार

बेन ह्वाइटले छाडे इंग्लिस टिम

Nepal Akhabar

नेपालअखबार, काठमाडौं । इंग्ल्याण्डका डिफेन्डर बेन ह्वाइटले कतारमा भइरहेको फिफा विश्वकप २०२२ छाडेर घर फर्किएका छन् । इंग्लिस फुटबल संघले बुधबार व्यक्तिगत कारण ह्वाइट घर फर्केको जनाएको छ ।

फुटबल संघले यसबारे थप केही खुलाएको छैन । संघले आर्सनलका यी सेन्टर ब्याक अब कतार विश्वकपमा फर्कने अपेक्षा नरहेको पनि जनाएको छ ।

‘बेन ह्वाइट इङ्गल्याण्डको अल बक्राहमा रहेको प्रशिक्षण केन्द्र छोडेर व्यक्तिगत कारणले घर फर्केका छन् । आर्सनलका डिफेन्डरले बाँकी प्रतियोगिताका लागि टोलीमा फर्कने अपेक्षा गरिएको छैन’ विज्ञप्तिमा भनिएको छ, ‘हामी यस समयमा खेलाडीको गोपनीयतालाई सम्मान गर्छौँ ।’

२५ वर्षीय ह्वाइटले इंग्ल्याण्डले समूह चरणमा खेलेको इरान र अमेरिकाविरुद्ध खेलेनन् भने वेल्स विरुद्धको खेलमा अनुपस्थित थिए ।

समूह ‘बी’ को विजेता बनेको इंग्ल्याण्डले अन्तिम १६ मा सेनेगल विरुद्ध खेल्नेछ ।
the authoradmin