Saturday, July 4

तीन वटै तहको सरकार मिलेर अघि बढे गणतन्त्र कसैले समाप्त पार्न सक्दैनः नेपाल

नेपालअखबार, काठमाडाैं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

Advertisement

आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमिकमजोरी हटाएर अघि बढन सरकारलाई सुझाव दिए । उनले तीन वटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने बताए ।

Advertisement
Advertisement

मुलुकमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने समेत उनको भनाइ थियो । उनले भने, ‘सरकारले आफूलाई समिक्षा गर्दै अघि बढनु पर्दछ । एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन । गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यो स्पष्ट छ । संविधानले प्रदत्त गरेको अधिकारहरु जनताले उपयोग गर्न सकुन । सबै पालिकामा जनताले के के न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन गर्न जरुरी हुन्छ । महिला हिंसामुक्त पालिका होस । छुवाछुत मुक्त मेरो पालिका हुन । सबै जाति समुदायको माझमा सामाजिक सदभाव कायम राखेको पालिका हाम्रो होस् । त्यस रुपमा प्रत्येक पालिकाले आफूलाई दर्ज गर्न सक्ने हो गरी काम गर्नु पर्दछ ।’

Advertisement

अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधि सवल ढंगले काम गर्ने विश्वास समेत व्यक्त गरे ।