समाचारसमाज

आगो ताप्ने क्रममा जलेर पाल्पामा वृद्धको मृत्यु

नेपालअखबार, पाल्पा। पाल्पामा आगो ताप्ने क्रममा जलेर सोमबार एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउने ७५ वर्षीय खिमबहादुर विक रहेका छन् । रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

the authoradmin