राजनीतिसमाचारहाइलाइट-समाचार

श्रमिकहरूका पिडामा असल मित्र बन्ने छु : श्रममन्त्री कुँवर

नेपाल अखबार,  काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेको बताउदै यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्देशन दिएका छन् ।

वैदेशिक रोजगारीमा भइरहेको विकृतिलाई न्युनिकरण गरी मर्यादित रोजगारी बनाउका लागि सबैले सुधारको बटोमा अगाडी बढ्नु पर्ने बताएका छन् । श्रम मन्त्री कुँवर भन्छन् श्रमिकका पिडा मर्कामा असल मित्र बन्ने छु ।

मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सरकार लागि पर्ने बताएका छन् । मलेसियमा फ्रि भिसा फ्रि टिकट भएपनि कामदारबाट चर्को रकम असुलेका खबर बाहिर आइरहेकाले यसको जिम्मेवार म्यानपावर व्यसायी नै भएको बताएका छन् ।

मन्त्री कुँवरले प्रश्न गरेका छन् व्यवसायीलाई, ‘सरकारले नीति नियम बनाएको छ, फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन श्रम सम्झौता गरेको छ, तर फेरि एक जना समान्य परिवारको व्यक्ति मलेसिया जान लार्खौ रकम तिर्न बाध्य किन छ । यो विषयमा हामी पनि अनुगममा कडाई गछौं, तपाईहरुले पनि विशेष ध्यान दिनु होला भने।’

मन्त्री कुँवरले सरकारको तर्फबाट नीति नियम संसोधन गर्ने कुरा र अनुगमनको बाटो बलियो बनाउने कुरामा आफुहरु सधैँ तयार रहेको पनि जानकारी गराउनु भएको छ ।

कार्यममा मन्त्री कुँवरले व्यवसायी पनि राज्यको एक हिसां भएकाले व्यवसायीका मागलाई सम्बोधन गर्न सरकार बाधक नभएको भन्दै आफ्ना समस्या र मागलाई प्रष्टसँग राख्न व्यवसायीलाई अनुरोध गर्नु भएको छ ।

मलेसियामा फ्रि भिसा फ्रि टिकटमा जाने कामदारको सम्झौता अनुसारको काम र तलब नपाउने र मेडिकलको समस्या धेरै आउने भएकाले यसको समाधानका लागि मन्त्रालय तयार रहेको पनि उहाँले बताएका छन् ।

मन्त्री कुँवरले अब सरकारले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध कारवाही नरोकिने बताएका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगिरहित रोजगारी प्रत्याभूत गर्न सरकार क्रियाशील रहेको जानकारी दिएका छन् । म्यानपावरले श्रमिकबाट विदेश पठाउँछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कारवाहीका गर्न समस्या भएको बताएका छन् । सरकारले २०७५ कात्तिक १२ गते मलेसियामा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकलाई पठाउने गरी श्रम सम्झौता गरेको थियो । तर, अहिलेसम्म पनि त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन् ।

श्रम मन्त्री कुँवरले वैदेशिक रोजगार सम्बन्धी सबैको चासोको विषय बनेको बताउदै उक्त विषयलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका बताएका छन् ।  सीपसहितको आन्तरिक रोजगारको सुनिश्चित नहुँदासम्म मुलुकबाट बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न नसकिने मन्त्री कुँवरको ठहर रहेको छ ।

मन्त्री कुँवरले आन्तरिक रोजगारीको प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना, रोजगार प्रवर्द्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट हुने गरी कार्यान्वयन गरिएको जनाएका छन् । त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको पुनः एकीकरण सम्बन्धी निर्देशिका, २०७९ स्वीकृति भएको छ । यसबाट आप्रवासन प्रक्रियाको महत्त्वपूर्ण कार्य गर्न सहयोग र सहजीकरण हुनेछ ।

स्विस सरकारको सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुन एकीकरण परियोजना (रेमी) संघीय, प्रादेशिक र स्थानीय तहमा सञ्चालन हुने गरी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुनः कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको छ ।

दक्षिण कोरिया सरकार (कोइका) को सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । त्यस्तै रोजगारी सम्बन्धी कार्यक्रमहरूको एकीकृत तथ्यांक व्यवस्थापनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने र रोजगारीको एकीकृत राष्ट्रिय प्रणालीको ढाँचा सिफारिस गर्न उच्चस्तरीय समिति गठन भई काम भइरहेको छ ।

श्रमको सम्मान गर्दै स्वदेशमा नै रोजगारी गर्न उत्प्रेरित गर्ने उद्देश्यले श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम सञ्चालन भइरहेको छ । श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थलको पहिचान गर्ने सम्बन्धी प्रतिवेदन तयार भई तदनुरूप जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढेको श्रम मन्त्री कुँवरले बताएका छन्  । श्रमिकसँग श्रम मन्त्री कार्यक्रम हरेक हप्ताको आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भइरहेको छ ।

श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

श्रम मन्त्री कुँवरको परिचय

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवर अछामबाट लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनका एक सकृय नेता हुन । नेकपा एकीकृत समाजवादीको केन्द्रिय सदस्य, संगठन बिभागको सदस्यका साथै सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन् ।

श्रम मन्त्री कुँवर यसअघि राष्ट्रियसभाका सदस्य थिए । उनको चार वर्षे कार्यकाल गत वर्ष २० फागुनमा सकिएको थियो । त्यसअघि उनी एकीकृत समाजवादीको राष्ट्रियसभा तर्फका प्रमुख सचेतक समेत थिए ।

महेन्द्र मोरङ क्याम्पस बिराटनगर अध्यन गर्ने क्रममा कुँवर २०३८ सालदेखि नेकपा मालेको बिद्यार्थी सङ्गठन अनेरास्ववियूमा आबद्ध भएर सकृय राजनीतिमा लागेका थिए ।

बिराटनगरबाट काठमाडौ आएर शंकरदेव क्याम्पसमा बि कममा भर्ना भएका थिए । विधार्थी संगठनमार्फत राजधानीमा प्रत्यक्ष राजनीतिमा सकृय कुँवर २०४६ सालको जनआन्दोलनमा परिचालन एक्सन कमिटीमा रहेर काम गर्दा पटक पटक गिरफ्तार परेका थिए । राजधानी केन्द्रिय राजनीतिबाट गृह जिल्ला अछाम फर्केपछि २०४७ साल अछाममा अनेरास्ववियुको दोस्रो जिल्ला अधिबेशनबाट कुँवर कमिटीको अध्यक्ष बन्न सफल भएका थिए । २०४७ सालमा एमालेको जिल्ला कमिटीका सदस्य बन्नु भएकाे थिए ।

२०४९ सालमा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य बनेका कुँवर २०४ ९को स्थानीय निकायको निर्वाचनमा जिल्ला बिकास समिति अछामको उपसभापतिको पदमा निर्वाचन लडेका थिए । मन्त्री कुँवरले तीन पटकसम्म एमाले अछामको नेतृत्व गरेका थिए । सं‌टकालको बेला अछाम जिल्लाको सदरमुकाम मंगलसैनमा रहेर राजनीतिक तथा सामाजिक नेतृत्व दिएर तत्कालीन पार्टी एमालेको संगठनलाई जोगाएका कुँवरले देशैभर एमाले ओरालो लागेको समयमा विसं २०६४ सालको पहिलो संविधानसभा चुनावमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए । मन्त्री कुँवर २०७४ मा राष्ट्रिय सभा सदस्य बनेका हुन्।

अछाम जिल्लामा नेकपा एकीकृत समाजवादी पार्टीको श्रम मन्त्री शेर बहादुर कुँवरले २०७९ को प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ अछाम निर्वाचन क्षेत्र नम्बर १बाट ४४८९को मत अन्तरले विजयी भएका छन् ।

विधार्थी जिवनबाट नै बाम राजनीतिबाट प्रभावित कुँवर इमानदारीता र निष्ठाको राजनीति गर्दा एक दिन पक्कै सफलता मिल्ने कुरामा बिश्वास गर्छन् । विचारमा दृढता व्यबहारमा लचिलो हुने कुरालाई जोड दिदै आएका कुँवरले राजनीति पेशा नभएर एउटा समाजसेवा भएको भन्दै प्राप्त जिम्मेवारीलाई जनताका पिडा मर्कामा मरहम लगाउने अवसरका रुपमा लिएका छन्  ।

 

the authoradmin