Sunday, April 19

नेकपा–राजपा सहमतिपछि बाबुरामको प्रतिक्रियाः नयाँ मालिकहरु झनै धूर्त छन्

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीचको सहमतिलाई लिएर प्रतिक्रिया व्यक्त गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष भट्टराईले नाम नलिइकन नेकपालाई मालिक र राजपालाई दासको संकेत दिएका छन्। उनले दासहरुले मालिकलाई रिझाएर जुठोपुरो चाट्ने प्रवृत्तिले दासहरुको मुक्ति नहुने उनको भनाइ छ।

Advertisement

राजपा र समाजवादी पार्टी बीच एकताको प्रक्रिया चलिरहेकै समयमा सत्ता गठबन्धनमा रहेको समकाजवादी पार्टीसँग छलफल नै नगरी सत्ताको नेतृत्व गरेको नेकपाले बुधबार राष्ट्रिय सभामा रहेका प्रदेश २ का चार सिटमा दुई÷दुई लिने गरी सहमति भएपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले नेकपाका नेताहरुलाई नयाँ मालिकको संज्ञा दिँदै मालिकहरु फुटाउ र राज गरको नीतिमा खप्पिस रहेको बताउँदै नयाँ मालिकहरु झनै धूर्त रहेको प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *