Saturday, July 4

तलब नदिएको भन्‍दै धनुषामा शिक्षक र कर्मचारीले गरे सामुदायिक विद्यालय बन्द

नेपालअखबार, काठमाडौं। धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा विद्यालयका कर्मचारीहरुले पाँच महिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालय  बन्द गराएका छन् ।

Advertisement

धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलब भत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएको नगरपालिकाका सूचना अधिकारी मो.अन्सारुल राईनले जानकारी दिए ।

Advertisement
Advertisement

उनले भने ‘हाम्रो पालिकाका शिक्षकहरुले तलब समयमा माग गर्दै आन्दोलन गरिरहेका थिए । आन्दोलनलाई साथ दिँदै आज जिल्लाभरका सामुदायिक विद्यालय बन्द गरेका छन् ।’

Advertisement

उनका अनुसार नगराइन नगरपालिकाको नगरसभा बस्न नसक्दा साउनदेखि शिक्षक तथा कर्मचारीहरुले तलब पाउन सकेको छैन। पालिकाका शिक्षकहरुले मंसिर १८ गतेदेखि तलबभत्ता माग गर्दै नगरपालिका अगाडी करिब दुई महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् ।

नगराईन, छिरेश्वरनाथ, कमला नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले तलब पाउन सकेका छैनन् । छिरेश्वरनाथ नगरपालिका र कमला नगरपालिकाले भने पुस १५ गतेभित्र तलब दिने सम्झौता गरेको छ ।

तर, नगराईन नगरपालिकामा भने जनप्रतिनिधिले तलब दिनको लागि पहल नगरेको भन्दै शिक्षक संघसंगठनहरुले एक दिनका लागि जिल्लाभरका सामुदायिक विद्यालय बन्द गराएको नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामस्नेही यादवले जानकारी दिए ।

उनले भने, ‘यत्ति लामो समयसम्म शिक्षकलाई तलब दिनको लागि जनप्रतिनिधिले कुनै पहल गर्ने कोशिससम्म नगरेकाले हामीले शिक्षक साथीहरुको आन्दोलनलाई साथ दिँदै आज एक दिनका लागि विद्यालय बन्द गरेका हौं ।’