प्रदेश ४समाजहाइलाइट-समाचार

पर्यटन मन्त्री भट्टराईले गरे भीमसेन थापाको शालिक अनावरण ( ५ फोटो सहित)

गाेरखा : भीमसेन थापाको सम्झनामा गोरखा नगरपालिकाले निर्माण गरिएको पार्क र शालिकको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन एवं अनावरण गरेका छन् ।

गोरखा नगरपालिका वडा नम्बर ४ पिपलथोकमा निर्माण गरिएको भीमसेन पार्क र उनको शालिकको मन्त्री भट्टराईले शनिबार एक कार्यक्रमका बिच अनावरण गरेका हुन् ।

गोरखा नगरपालिकाको २२ लाख ८४ हजार रूपैयाँ लगानीमा शालिक निर्माणमा भएको हो । पार्क भित्र झण्डै ५ फिट अग्लो शालिक निर्माण गरिएको छ । करिब साडे ३ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको नगरप्रमुख राजनराज पन्तले बताए ।

the authoradmin

Leave a Reply