प्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

गोरखाले कसैलाई अन्याय गर्दैन ः पर्यटन मन्त्री भट्टराई

मोहसिन अलि मियाँ
गोरखा । इतिहासमा गोरखाले कसैलाई अन्याय नगरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बताएका छन् । ‘न्याय नपाए गोरखा जानू’ भन्ने उखान सम्झदै उनले भने ‘गोरखा इतिहास हो, गोरखाले कहिल्यै अरुलाई अन्याय गर्दैन, बरु अरुलाई न्याय दिलाउछ ।’

पूर्खाले जोगाएको नेपाली भूमिमा छिमेकीले आँखा लगाएको मन्त्रीले भट्टराईले बताए । भीमसेन थापाको स्मृतिमा गोरखा नगरपालिकाले निर्माण गरेको पार्क उद्घाटन तथा शालिक अनावरण गर्दै मन्त्री भट्टराईले भारतका कारण सिमा क्षेत्रमा बर्षेनी समस्या हुने गरेको बताएका हुन् ।

‘हाम्रा पूर्खाले ब्रिटिसलाई जितेर जोगाएको भूमिमा अहिले छिमेकीको आँखा परेको छ’ उनले भने ‘कहिले कालापानी दुख्छ त कहिले लिपुलेक, अब कुटनीतिक रुपमा सिमा विवाद मिलाउनुपर्छ ।’

देशका लागि भीमसेन थापाले गरेको योगदानका बारे आफुले स्कुले जिवनका कितावमा पढेको स्मरण गर्दै मन्त्री भट्टराईले वर्तमान अवस्थामा राष्ट्रिय एकताको खाँचो रहेको बताए । राजनीतिक स्वार्थ त्यागेर सबै एकजुट हुने बेला आएको उनको तर्क छ ।

भीमसेन थापाको बहादुरीको चर्चा गर्दै उनले भने ‘संसार हल्लाउने ब्रिटिसका आधुनिक हतियारसंग लड्ने मोर्चाको नेतृत्व भीमसेनले लिए तर आज उनको प्रतिमाले हामीलाई प्रश्न गरिरहेको छ’ उनले थपे ‘उनको नासो हामीले पनि भावी पुस्तालाई हस्तान्तरण गर्नु पर्छ ।’

नगरप्रमुख राजनराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भ्रमण बर्ष सफल बनाउन सबै तयार हुनुपर्ने बताए । पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्दै भ्रमण बर्षमा अधिकतम पर्यटक भित्राउनुपर्नेमा उनको जोड थियो ।

पालुङटारमा रहेको विमानस्थल सञ्चालनका लागि आफुलाई गोरखाका साँसदहरुले अनुरोध गरिहेको जानकारी दिदै उनले त्यसको अध्ययन भइरहेको बताए ।

त्यस्तै पृथ्वीनारायण शाहले राज्य एकिकरण गर्दा प्रयोग गरेको ‘रुट’ को प्रवद्र्धन गर्ने योजनामा आफु रहेको उनको भनाई छ ।

‘पछिल्लो समय इतिहास मेटिने खतरा बढ्दै गएको छ, अब इतिहास जोगाउने जिम्मेवारी तपाई हाम्रो काँधमा आएको छ’ मन्त्री भट्टराईले भने ‘पृथ्वीनारायण शाहले एकिकरण गर्दा हिडेको बाटो हाम्रो इतिहास हो, अब त्यसलाई यूनिफिकेशन ट्रेलका रुपमा विकास गर्ने योजना बनेको छ ।’

नेकपाको दुई तिहाईको सरकारसंग जनताले ठूलो अपेक्षा गरेपनि सन्तोषजनक काम नभएको स्विकार्दै उनले देशमा भ्रष्ट्रचार, ढिलासुस्ती र विकृती अझै बाँकी रहेको बताए ।

‘अहिलेको सरकार इतिहासकै बलियो सरकार हो, त्यसैले जनताका आशा धेरै हुनु स्वभाविक नै हो’ मन्त्री भट्टराईले भने ‘अझै पनि थुप्रै किसिमका विकृति बाँकी छन्, त्यसको निर्मुल हुदैछ, अनि मात्रै विस्तारै परिणाम देखिन्छ ।’ त्यस्तै उनले शनिबार नै गोरखा दरवारको पूर्ननिर्माणको अवस्थाका बारेमा निरिक्षण गरेका छन् ।

समयसिमा सकिदा १ तला समेत नबनेको दरवार अवको ६ महिनामा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको उनले बताए ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य हरिराज अधिकारीले गोरखामा पर्यटनका थुप्रै सम्भावना रहेपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताएका छन् ।

भ्रमण बर्षमा अधिकतम पर्यटक भित्रााउनुपर्नेमा जोड दिदै क्षेत्र नम्बर १ का साँसद अधिकारीले विकासले लय लिएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठ, वडा नम्बर ४ का वडाध्यक्ष खोपबहादुर अधिकारी, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले बोलेका थिए ।

झण्डै साडे ३ रोपनीमा निर्माण भएको पार्कमा २ रोपनी जग्गा भने स्थानीय मकरबहादुर गुरुङले दान दिएका थिए । कार्यक्रममा उनलाई गोरखा नगरपालिकाले सम्मान समेत गरेका छ ।

२२ लाख ८४ हजार रुपैयाको लगानीमा पार्कभित्र नगरपालिकाले भीमसेन थापाको शालिक बनाएको हो । ५ फिट १० इन्च उचाई रहेको पूर्ण कदको शालिकसहितको पार्कले गोरखा दरवार आएका पर्यटकलाई आकर्षित गर्ने अपेक्षा लिइएको छ ।

राष्ट्रिय विभूती भीमसेन थापाले नेपाल राज्यको एकिकरण र रक्षाका निम्ति महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनको सम्मानमा नगरपालिकाले शालिक सहितको पार्क निर्माण नगरप्रमुख राजनराज पन्तले बताए ।

‘गोरखाको मुख्य चिनारी भनेको इतिहास हो’ नगरप्रमुख राजनराज पन्तले भने ‘नेपाल एकिकरणदेखिका इतिहास हामीसंग छन, अब यसैको संरक्षण र प्रचार गरेर पर्यटक भित्राउने हाम्रो लक्ष्य हो ।’

the authoradmin

Leave a Reply