समाजहाइलाइट-समाचार

गोरखा जेसिजको अध्यक्षमा मल्ल

गोरखा । गोरखा जेसिज गोरखाको बर्ष २०२० का लागि सुवास मल्ल अध्यक्षमा चयन भएका छन् । गत शनिबार सुरु भएको जेसिजको ३९ औं अधिवेशनमा अध्यक्ष पदका लागि सहमती जुट्न नसकेपछि सोमबारसम्मका लागि अधिवेशन स्थगित गरिएको थियो ।

अध्यक्ष पदमा ५ जनाले उम्मेदवारी दिएपछि शनिबार राती अबेरसम्म पनि सहमती नजुट्दा अधिवेशन २ दिनका लागि स्थगित गरिएको थियो ।

अध्यक्ष पदमा अजित रवण खनाल, सुवास मल्ल, शैलेन्द्र भट्ट, बाल प्रसाद विके र प्रविन बस्नेतले उम्मेदवारी दिएका थिए । सहमतीमा अध्यक्ष चुन्न भन्दै भट्ट र विकेले खनाललाई र बस्नेतले मल्ललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

यता खनाल र मल्लबिच शनिबार राती अबेरसम्म पनि सहमती नजुट्दा निर्वाचन समितिले अधिवेशन स्थगित गरेको थियो ।

सोमबार बिहान ७ः३० बजेका लागि पुनः बोलाईएको थियो । दुवै उम्मेदवारलाई बिहान ८ः३० बजेसम्म उपस्थित हुनका लागि समयसिमा तोकिएपनि खनाल उपस्थित नभएपछि मल्ललाई सर्वसमत अध्यक्षमा चयन गरिएको निर्वाचन अधिकृत उमेश गुरुङले जानकारी दिए ।

त्यस्तै कार्यकारी उपाध्यक्षमा भने मिलनसिं बस्नेत र सन्तोष दवाडी निर्विरोध चयन भएका छन् । उपाध्यक्षहरुमा सुरेश गुरुङ, राजेश श्रेष्ठ, सुमन गुरुङ र सजना श्रेष्ठ चयन भए भने सहसचिवमा अर्जुन रसाइली निर्विरोध भएको निर्वाचन अधिकृत गुरुङले बताए ।

महासचिव सहित अन्य पद भने कार्यसमिति बैठकले मनोनित गर्ने बताइएको छ ।

यता अध्यक्ष चयन भएका मल्लले यस बर्ष जिल्ला शाखाको आफ्नै भवन निर्माण सम्पन्न गर्ने योजना रहेको बताएका छन् ।

the authoradmin

Leave a Reply