प्रदेश ३समाचारसमाज

मुग्लिन–नारायणगढ सडक २३ गतेबाट मात्रै खुल्ने

मुग्लिन – नारायणगढ सडक पुस २३ गतेबाट मात्रै खुल्ला हुने भएको छ । पहिरो रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले पुष २२ गतेसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गराउने भएको हो ।

यसअघि मंसिर २७ गतेबाट १५ दिनका लागि भनेर यो सडक बन्द हुँदै आएको थियो । तर काम नसकिएपछि बन्दको समय थप गरिएको हो ।

the authoradmin

Leave a Reply