Saturday, July 4

पुस २७ गते बिदा दिने मन्त्रिपरिषद्को निर्णय

नेपालअखबार, काठमाडाैं । सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ।

Advertisement

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए।

Advertisement
Advertisement

पृथ्वी जयन्तीको अवसर पारेर सरकारले बिदा निर्णय गरेको हो।

Advertisement

राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिँदैछन्।

राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने माग राख्दै आएको छ।

त्यस्तै मन्त्रिपरिषद्ले सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

प्रधानमन्त्री दाहालसहित सत्तारूढ दलका शीर्ष नेताको उपस्थितिमा आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको थियो।