राजनीतिसमाचार

एकीकृत समाजवादीले शर्तसहित विश्वासको मत दिने

Nepal Akhabar

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले शर्तसहित विश्वासको मत दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

‘एकीकृत समाजवादीले यो सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘हाम्रो एजेन्डाहरु राखिनेछन् । ती एजेन्डाहरु पूरा नगरेमा कुनै पनि बेला पर्खने सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने हाम्रो निर्णय छ ।’

ती शर्तहरूमा राष्ट्रियता, सुशासन, देशको बिग्रँदै गएको अर्थतन्त्र लगायतको सुधारका विषयहरू हुने र पार्टी अध्यक्ष तथा दलका नेताले यसबारे संसद्मा विचार राख्ने खतिवडाले जानकारी दिए । प्रवक्ता खतिवडाले दलका नेता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले संसद्‍मा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने पनि बताए ।

the authoradmin