प्रदेश ४समाचारसमाज

रोटरी बज्र मनासलुको साधारणसभा सम्पन्न

रोटरी क्लब अफ बज्र मनासलुको बर्ष २०१९/२० को तेस्रो साधारणसभा सम्पन्न भएको छ । क्लबका अध्यक्ष रुषबाबु जोशीको अध्यक्षतामा सभा भएको हो ।

साधारण सभामा क्लबका बिभिन्न पाँच डाइरेक्टरहरुले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लब एडमिनिष्ट्रेशन डाइरेक्टर दामोदर घिमिरे, पब्लिक इमेज डाइरेक्टर विनोद अर्याल, टीआरएफ विदुर बाँनिया, मेम्बरसिप ग्रोथ डाइरेक्टर रामकुमार श्रेष्ठ र सर्भिस प्रोजेक्ट डाइरेक्टर सुजन श्रेष्ठले बर्ष २०१९/२० मा सम्पन्न गरेका आ–आफ्ना बिषयका गतिविधीका बारेमा प्रतिवेदन साधारण सभामा प्रस्तुत गरेका थिए ।

साथै साधारण सभाले आगामी २०२०/२१ का लागि विष्णु राना मगरको अध्यक्षतामा कार्यसमिति समेत चयन गरेको पब्लिक इमेज डाइरेक्टर विनोद अर्यालले जानकारी दिएका छन् । केहि बर्ष अघि स्थापना भएको क्लबले जिल्लामा बिभिन्न सामाजिक कार्य सञ्चालन गरिरहेको छ ।

the authoradmin

Leave a Reply